खाना पछि कहिल्यै नगर्नुहोस् पाँच गल्ती

काठमाडौँ – शरीरलाई चाहिने उर्जा र पोषक तत्वको स्रोत खाना नै हो । तर, केही गलत अभ्यासले गर्दा पाचन प्रणाली प्रभावित हुँदा शरीरले न उर्जा पाउँछ न त पोषण नै । त्यसका लागि केही बानी जिम्मेवार छन्, जुन खाना खाएपछि हामी गर्ने गर्छौं ।

१) धूम्रपान नगर्ने
खाना खाने बित्तिकै धूम्रपान गर्नु सामान्य अरु बेलामा भन्दा दश गुणा बढी हानिकारक छ । यसले क्यान्सर, प्लुरिसी र आमाशयसम्बन्धि समस्या गराउन
सक्छ ।

२) खाना खाएर नुहाउनु हुँदैन
खाना खाने बित्तिकै नुहाउने गर्नु हुँदैन । यसले पाचनले खाना पचाउनमा लगाउनु पर्ने समय र उर्जा रक्तसंचार गर्नमा लगाउँछ र, अपचको समस्या गराउँछ ।

३) फलफूल तुरुन्त नखाने
खाना खाने बित्तिकै फलफूल खान थालियो भने राम्रोसँग खानेकुरा पच्दैन । पोषण तत्व पनि शरीरले लिन पर्ने जति पाउँदैन ।

४) चिया नपिउने
खाना खाने बित्तिकै चिया पिउनु हुँदैन । यसले खानाबाट पाउने आइरन र प्रोटिन अवशेषित गर्न पाउँदैन । यसले अपच र ग्यास हुनसक्छ ।

५) पानी नपिउने
खाना खाने वित्तिकै पानी खाँदा अपचभई ग्यास्टिकको समस्या हुन्छ ।

यही बानी लगातार हुने हो भने आन्द्रा, फोक्सो र पाचनतन्त्र खराब पार्छ । समय रहँदै सतर्क हुनुपर्छ । यी बानी हटाएर खाना खाने बित्तिकै छोटो पाइला छोटो गतिमा केहि बेर हिड्ने गरौँ । आधाघण्टा आराम गरौं र कम्तिमा एक घण्टा चिया र फलफूल नखाने हो भने समग्र शरीरको लागि फाइदा पुग्छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top