पाँचदिने पडकास्ट तालिम सम्पन्न, तामाङ भाषामा सामग्री बनाउन आग्रह

असार, ललितपुर – सञ्चार रजिस्टार कार्यालय बागमती प्रदेशको आयोजनामा पाँचदिने पडकास्ट तालिम सम्पन्न भएको छ । तामाङ पत्रकार संघको समन्वयमा असार २-६ गते भएको तालिममा १५ सञ्चारकर्मी सहभागी थिए ।

कार्यक्रममा सञ्चार रजिस्टार कार्यालयका प्रमुख रेवती सापकोटाले तामाङ भाषामा पडकास्ट सामग्री उत्पादन गर्न प्रोत्साहन दिँदै भाषाको प्रवर्द्धनका लागि प्रदेश सरकारले सहयोग गर्ने बताइन् । प्रशिक्षक पवन आचार्य र सविता आचार्यले तालिम दिएका थिए भने सहभागीहरुलाई आफ्नो संस्कृति, भाषा र गाउँका कथा पडकास्टमार्फत ल्याउन सुझाव दिइयो ।

तामाङ पत्रकार संघको अध्यक्ष नेत्र तामाङले सहभागीहरुलाई हौसला दिँदै आगामी यात्राका लागि शुभकामना व्यक्त गरे । तालिममा श्यामलाल लामा, सोम्फे तामाङ, हिरोज लोप्चन, सुशी थिङ, सुशीला तामाङ लगायत सहभागी थिए ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top