असार १४
गायक कृष्ण अधिकारीले आफ्नो गायन क्षेत्रको चौथो कोशेलीका रुपमा ‘फूलबारीमा पुतली’ बोलको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । कृष्ण अधिकारी र सन्तोष बानीयाको शब्द रहेको यस गीतमा गायक अधिकारी र लक्ष्मी परियाको स्वर, केशर अधिकारीको लय रहेको छ ।
यस अगाडि ‘पोखरामा तालैताल’, ‘पिरती लगाइदेउ’, ‘दैलो पोत्ने माटो’ बोलको गीत निकालेका अधिकारीले चौथो कोशेलीको रुपमा ‘फूलबारीमा पुतली’ ल्याएका हुन् ।

चितवनको पर्यटकीय स्थल धर्मधाम कृष्ण प्रणामी मन्दिर, मनी खोला लगायता स्थानमा छायङ्कन गरिएको यस म्यूजिक भिडियोमा रोहन राना मगरको नृत्य, सम्झना सापकोटाको श्रृंगार छ भने रामु आचार्यले सम्पादन गरेका छन् ।
यस्तै, ह्याप्पी मिडिया नेर्टवर्कबाट दृष्य निर्माण गरिएको म्यूजिक भिडियोको अन्जित बोहराले निर्देशन गरेका छन् भने छॉयाङ्कन मदन अछामी र कृष्ण बस्नेतले गरेका छन् ।

‘फूलबारीमा पुतली’को म्यूजिक भिडियो बिआइपियस मिडियाको युट्युब च्यानलमा हेर्न सकिने गायक अधिकारीले बताए ।
परम्परागत संस्कृति, लोक संस्कृतिको संरक्षण तथा जगेर्न गर्ने लक्ष्यका साथ हाम्रो मौलिकता झल्काने गरी लोकलयमा आधारित गीत तथा म्यूजिक भिडियो निर्माण गर्ने गरेको गायक अधिकारीले बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-