१५ असार, झापा । झापाको दमकमा रहेको लायन्स क्लव अफ दमक युनाइटेडको वर्ष २०१९/२० को निर्वाचित अध्यक्षको पद हस्तान्तरण आइतबार सम्पन्न भएको छ ।
दमक स्थित फाइन रेस्टुरेन्टको सभाहलमा एक कार्यक्रम गरि निर्वाचित अध्यक्षको पद हस्तान्तरण सम्पन्न भएको क्लवका सेकेन्ड भिपी साजन श्रेष्ठले जानकारी दिए ।
क्लवका निवर्तमान अध्यक्ष उत्तम थापाले अमेरीकाको कर्लिफोनियाको लस एन्जलस शहरबाट नवनिर्वाचित अध्यक्ष सन्दीप बस्नेतलाई प्रबिधिको प्रयोग गर्दै भिडीयो कलबाट पद हस्तान्तरण गरेका थिए । बिभिन्न संघ संस्थामा सक्रिय रहेका बस्नेत साहरा इन्जिनियरिङ कन्सल्टेन्सीका संचालक हुन् । बस्नेतको नेतृत्वमा २०१९-२० का लागी बनेको समितिमा फस्ट भिपी प्रकाश गजमेर, सेकेन्ड भिपी साजन श्रेष्ठ, थर्ड भिपी बिबेक श्रेष्ठ, सेक्रेटरी बिनिसा दाहाल र ट्रेरेजर निर्पा गजमेर रहेका छन् ।
क्लवले २०१८-१९ मा बिभिन्न स्थानमा स्वास्थ्य शिबिर , खेलकुद लगायतका सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-