२०७९ जेष्ठ ७, शनिबार
May 21, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

नश्लीय चिन्तनले मुलुक बर्बादः अध्यक्ष डा.भट्टराई

दैलो न्युज दैलो न्युज
असार १७, २०७६ १५:१२ मा प्रकाशित
नश्लीय चिन्तनले मुलुक बर्बादः अध्यक्ष डा.भट्टराई
ShareTweetPin

१७ असार, पोखरा । संघीयता, सुशासन, समृद्धि, समाजवाद सैद्धान्तिक मान्यताका आधारमा गत बैशाख २३ गते काठमाडौंमा एकिकृत भएको संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपाल बिचको प्रदेश नं.४(गण्डकी)को समायोजन मंगलवार पोखरामा गरिएको छ।

पार्टी समायोजन गर्न गठित कार्यदलमा रहनु भएको पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई, केन्द्रीय उपाध्यक्ष हेमराज राई, महासचिव गंगानारायण श्रेष्ठ र उपमहासचिव प्रकाश अधिकारीले दुवै पार्टीको प्रादेशिक र उक्त प्रदेश भुगोल भएका केन्द्रीय सदस्यहरुसँगले छलफल गरी समायोजन घोषणा गरिएको छ।

समायोजन प्रदेश समितिको अध्यक्षमा मोती रिजाल, पाँच उपाध्यक्षहरुमा दीपक तामाङ, गुणाखर बस्याल, हेमबहादुर थापा, रमेश पोखरेल, काशीमाया गुरुङ, मुख्य सचिवमा हेमन्त थापामगर, सचिवमा रेखी गुरुङ, तारा नेपाली र पार्वती जिसी, कोषाध्यक्षमा भुवन रिजाल रहेको कार्यकारिणी समितीसहित ५३ सदस्यीय घोषणा गरिएको छ।

कार्यकारिणी अध्यक्ष रिजाल, उपाध्यक्षहरु बस्याल, थापा, पोखरेल र सचिवहरु गुरुङ र जिसी पुर्व नयाँ शक्ति र उपाध्यक्ष तामाङ, गुरुङ, महासचिव थापामगर, सचिव नेपाली र कोषाध्यक्ष रिजाल पुर्व संघीय समाजवादी फोरमबाट हुनुहुन्छ।

उक्त घोषणा पार्टीका केन्द्रीय सदस्य तथा तत्कालिन नयाँ शक्ति पार्टी प्रदेश संयोजक देवी सुवेदीले गर्नुभएको हो। पार्टी विधान अनुसार ९९ जना प्रदेश समितिको प्रावधान रहे पनि दोश्रो चरणमा सदस्यहरु थपिने कार्यक्रममा बताइएको थियो।

समायोजित समितिलाई पार्टीका संघीय परिषद अध्यक्ष तथा पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको थियो।

समायोजन घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष डा.बाबुराम भट्टराईले मुलुक संघीयतामा प्रवेश गरिसके पनि शासकहरुमा अझै नश्लीय चिन्तनले मुलुक बर्बादीतर्फ गइरहेको बताउनुभयो। एकल जातिय अर्थात नश्लीय मानसिकता नै राष्ट्र सुशासन र समृद्धितर्फ अग्रसर हुन नसकेको उहाँको भनाई थियो। बहुलवादी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकमा सबै जाति, भाषा, धर्म, संस्कृति, वर्ग, लिंग, क्षेत्रलाई समाहित गरेर अघि बढ्न नसके, मुलुकको यथार्थतालाई सम्मान गर्न नसके मुलुक समृद्ध हुनुनसक्ने उहाँको भनाई थियो।

उहाँले भन्नुभयो संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै दश जोड एक राज्यको पुनसंरचनाको अधुरो कार्यलाई प्रस्थान विन्दु बनाउनदै संघीयताको अभ्यास, सुशासन, समृद्धि हुदै समाजवादतर्फ मुलुक हाँक्न बैकल्पिक राजनीतिक निर्माणका लागि दुई पार्टी एकता गरी अघि बढेको हो। स्वार्थ र अहमतामा लागि नभई ज्ञान र विज्ञानमा आधारित जनताको पार्टी बनाउनकै लागि एकिकृत रुपमा समाजवादी पार्टी नेपाल गठन गरिएको बताउनुभयो।

समायोजन समितिलाई शुभकामना दिनुहुदै आगामी निर्वाचनमा प्रदेशको शक्तिशाली पार्टीको विकास गर्न प्रदेश समिति प्रतिवद्ध रहनुपर्ने डा.भट्टराईको भनाई थियो।

पार्टीका केन्द्रीय उपाध्यक्ष हेमराज राईले मुलुकलाई नेतृत्व दिन सक्ने, समृद्ध बनाउने पार्टी निर्माणका लागि विचार मिल्ने दुई पार्टी एकिकृत भई समाजवादी पार्टी नेपाल गठन भएको बताउनुभयो।पटक पटक जनतालाई पुराना पार्टी र नेताहरुले धोका दिइरहेकाले नयाँ सोचका साथ मुलुकमा सुशासन कायम गर्ने, समृद्धि तर्फ लम्काउदै समाजवादी समतामुलक राष्ट्र बनाउन समाजवादी पार्टी गठन भएको उपाध्यक्ष राईको भनाई थियो। सबै खाले विभेदको अन्त्य, नेपाली बहुलताको आत्मसाथ गर्दै अघि बढ्ने समाजवादी पार्टी नेपालले प्रदेश नं.४ बाटै मुलुकको अगुवाई गर्ने बैकल्पिक राजनीतिक अभियान शुरु गर्न आग्रह समेत गर्नुभयो।

उक्त कार्यक्रममा विभिन्न क्षेत्रबाट समाजवादी पार्टी नपाललमा देवेन्द्र खड्का सहित थुप्रै समाजवादी पार्टी नेपालमा प्रवेश गरेका थिए। नवप्रवेशीहरुलाई अध्यक्ष डा.भट्टराईले अबिर लगाएर स्वागत गर्नुभएको थियो।

तत्कालिन संघीय समाजवादी फोरम प्रदेश अध्यक्ष दीपक तामाङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रत्न भट्टचनले स्वागत र तत्कालिन नयाँ शक्ति पार्टीका कास्की संयोजक हेमबहादुर थापाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us