चम्पादेवी ,ओखलढुंगा १९ जेष्ठ २०७६ :
योगेश तामाङ ,सरोकार न्युज । टोल टोलमा धारा,घर घरमा धारो चम्पादेबी गाउँपालिमा सबै घर उज्यालो `भन्ने मुल नाराका साथ आर्थिक बर्ष २०७६/०७७ को गाउँ सभा प्रतिनिधि सभा सदस्य माननीय यज्ञराज सुनुवारको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।
कार्यक्रममा सबै वडा अध्यक्षहरुले शुभकामना मन्तव्य राखेका थिए। शुभकामना मन्तव्य राख्दै प्रवक्त तथा ८ न. वडा अध्यक्ष अजय लुइँटेलले बिगतका वर्षमा जे जस्तो परिस्थिति आए पनि अबको दिनमा समृद्ध चम्पादेबी बनाउन सबै हातोमालो गरेर अघि बढ्नु पर्ने बताउनु भयो ।
शुभकामना मन्तव्य राख्दै विशेष अतिथि एवं पुर्व संसद रामहरि खतिवडाले समृद्ध र शुसाशन चम्पादेबी बनाउन सबै एक जुठ हुनुपर्ने बताउनु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दैप्रमुख अतिथि यज्ञराज सुनुवारले अब ओखलढुंगा जिल्ला पश्चिम् को हुम्ला होइन ,समृद्धको ओखलढुंगा ,सुशासनको ओखलढुंगा ,अनि सुखी ओखलढुंगाको पहिचान दिने गरि सबै लाग्नु पर्ने बताउनुभयो ।

कार्यक्रम लाई समापन गर्दै अध्यक्ष नबराज के.सि. ले आफुले चुनावमा जनतासामु गरेका बाचा पूरा गर्दै आएको र अब पनि पुरा गर्ने प्रतिबद्दता व्यक्त गर्नु भयो ।


प्रतिक्रिया लेख्नुहोस्:-