२०७९ साउन २६, बिहिबार
August 11, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

विद्द्युत चोरिमा आफ्नो कार्यकर्ता समातिए पछि, काङ्ग्रेस एमालेले सुरु गर्यो आन्दोलन

दैलो न्युज दैलो न्युज
माघ १२, २०७३ ०९:१७ मा प्रकाशित
विद्द्युत चोरिमा आफ्नो कार्यकर्ता समातिए पछि, काङ्ग्रेस एमालेले सुरु गर्यो आन्दोलन
ShareTweetPin

काठमाडौं– करिब १३ अर्ब रुपैंयाँ बराबरको विद्युत् चोरीमा संलग्न भएको पाइएपछि महानगरिय प्रहरी अपराध महाशाखाले नेपाली काँग्रेस र नेकपा (एमाले) निकटका कर्मचारी संगठनका केन्द्रीय कोषाध्यक्ष र केन्द्रीय सदस्य नै पक्राउ परेपछि त्यसैलाई निहुँ बनाएर उनीहरुले आन्दोलन सुरु गरेका छन् ।

प्राधिकरणले विगत २२ वर्षदेखि एकै स्थानमा रहेका कर्मचारीलाई पछिल्लो पटक सरुवा गरेपछि विद्युत् चोरीको जालो भत्किएपछि उनीहरुले आन्दोलनको धम्की दिदै बुधबार प्राधिकरणको केन्द्रीय र क्षेत्रीय कार्यालयहरुमा घेराउ गरेका छन् ।

विद्युत् चोरीमा संगठित गिरोह नै रहेको भन्ने सूचनाका आधारमा उक्त गिरोह भत्काउन पहिलो चरणमा प्राधिकरणले दुई हजार ४८० कर्मचारी सरुवा गरेका थियो ।
कर्मचारी सरुवा भएपछि विद्युत् चोरीमा संलग्न गिरोहको जालो भत्किएको भन्दै उनीहरुले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिड, उपकार्यकारी निर्देशक गोपालबाबु भट्टराईको कार्यकक्ष समेत घेराउ गर्दै चोरीमा संलग्नलाई कारवाही नगराउन धम्की दिएका थिए ।
प्राधिकरणले विराटनगर क्षेत्रीय कार्यालयमा ३२९, जनकपुर क्षेत्रीय कार्यालयमा ३५४, हेटौडा क्षेत्रीइ कार्यालयमा २९२, काठमाडौँ क्षेत्रीय कार्यालयमा ७८१, पोखरा क्षेत्रीय कार्यालयमा १६६, बुटवल क्षेत्रीय कार्यालयमा २६५ , नेपालगन्ज क्षेत्रीय कार्यालयमा १६१, अत्तरिया क्षेत्रीय कार्यालयमा १३२ जना कर्मचारी गरि दुई हजार ४८० जना कर्मचारीको नेपाल विद्युत् प्राधिकरण विनियमन अनुसार नै सरुवा गरिएको थियो ।
नेपाल विद्युत् प्राधिकरणलाई टाट पल्टाउन उद्यत मानिएका नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघ र नेपाल विद्युत् प्राधिकरण कर्मचारी यूनियनका पदाधिकारी नै पछिल्लो पटक विद्युत् चोरीमा संलग्नलाई जोगाउन आन्दोलनको बाहाना बनाएका छन् ।
प्राधिकरणलाई घाटामा लैजाने र चोरीमा संलग्न हुने कर्मचारीले नैतिक रुपमा पदमा बसीरहन मिल्दैन । तर, चोरीमा संलग्नलाई जोगाउन कर्मचारी संघका अध्यक्ष जनार्दन भट्टराई, सहअध्यक्ष प्रमिला ढुंगाना, कर्मचारी यूनियनका अध्यक्ष रामेश्वर पौडेल र पूर्व अध्यक्ष रामप्रसाद रिमाललगायतका व्यक्तिहरु शक्तिकेन्द्र धाउन सुरु गरेका छन् ।
चोरीलाई संलग्नलाई कानुनअनुसार हदैसम्मको कारवाही गराउनुपर्नेमा उनीहरुलाई जोगाउन कर्मचारी यूनियनका पदाधिकारी नै शक्ति केन्द्र धाउन थाल्नुले प्राधिकरणलाई असफल बनाउने योजनाले काम गरेको छ ।
ऊर्जा मन्त्रालयले सुरु गरेको सुधार अभियान मन नपराएका केही सिमित व्यक्तिले जसरी भएपनि सुधार अभियानलाई असफल बनाउने चोरीमा संलग्नलाई कारवाही हुनबाट रोक्ने तथा आगामी दिनमा समेत थप चोरी गराउन उक्साउने, दण्डहिनता बढाउने तथा भ्रष्टाचारलाई संस्थागत गराउने योजना बनाएका छन् ।
उद्योगसँग मिलेर राज्यलाई नोक्सान पुर्याएको आरोपमा पक्राउ पर्नेमा ९ जना बहालवाला कर्मचारी, ४ जना ब्यापारीलाई केही दिन पहिले प्रहरीको अपराध महाशाखाले पक्राउ गरेको थियो ।
यस्तै व्यापारीसँग मिलेर लोडसेडिङ बढाउन मद्दत गरेको र बिजुलीको मिटर बिगारेर चुहावट गरेको भन्दै प्रहरीले नेपाल विद्युत प्राधिकरणका सुपरभाइजरसहित १६ जनालाई पक्राउ गरेको थियो ।
महानगरीय अपराध महाशाखाको टोलीले आइतबार पक्राउ गरेकामा बालाजु प्राधिकरणका सुपरभाइजर सुमन श्रेष्ठ,पूर्व मेन्टिनेन्स तलबहादुर कार्की, विद्युत प्राधिकरण हेटौंडाका कर्मचारी महादेव प्रधान लगायत छन्। पक्राउ पर्नेमा प्राधिकरणका ९ जना बहालवाला कर्मचारी छन् भने बाँकी अवकाशप्राप्त कर्मचारी र व्यापारी छन् ।
त्यस्तै प्रहरीले बानेश्वरमा कार्यरत प्राधिकरणका कर्मचारी अच्युत खड्का, दिलबहादुर साउद, ओम ढुंगाना, श्याम बस्नेत, प्रदीप शर्मा, सुर्यबहादुर थापा, ठाकुर महर्जन, मनिज श्रेष्ठ र भगवान पाण्डेलाई पनि पक्राउ गरेको छ । प्रहरीले ब्यापारी कुमार लामा, तपन घोष, परवेज आलम र रमेश चुडाँललाइ पनि पक्राउ गरेको छ ।
‘लोडसेडिङलाई मलजल गर्ने र घुस लिएर उद्योगहरूलाई बिजुली दिएको थाहा पायौं,’ महानगरीय अपराध महाशाखाका प्रमुख सर्वेन्द्र खनालले भने, ‘त्यही अभियोगमा उनीहरूलाई पक्राउ गरेका हौं ।’ उनीहरुलाई चोरी र ठगी मुद्दा चलाइएको छ ।
दस वर्षदेखि मिटर बिगारेर राज्यलाई अर्बौं रकम घाटा पारेको देखिएकाले ठगी मुद्दा दायर गर्न लागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरूले मिटर बिगारेर उद्योगसँग प्रतिमहिना कम्तीमा २५ हजारदेखि ३ लाख रुपैयाँसम्म उठाउने गरेका थिए ।
उनीहरूले १० वर्षभन्दा बढी समयदेखि पानी कारखाना, कपास कारखाना, चक्लेट कारखाना, बिस्कुट कारखाना लगायत उद्योग र राजधानीका मिठाइ पसलको मिटर बिगारेर मासिक रूपमा रकम उठाइरहेको प्रहरीले जनाएको छ ।
हेटौंडा कार्यालयका कर्मचारी प्रधानले हेटौंडाको हटियामा सिभम् सिमेन्टको मिटर बिगारेर मासिक रूपमा रकम उठाएको आरोप छ । यसअघि प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक मुकेशराज काफ्लेले दुई दिन अगाडि सिवम् सिमेन्टको लाइन काटेको र दुई दिन पछाडि २५ लाख घुस लिएर लाइन जोडिदिएका थिए ।

त्यतिखेर समेत प्रधानको संलग्ननता रहेको थियो । उनीहरूले गौशालामा रहेको रामेश्वरम स्विट, बेजान मिष्ठान भण्डार, जोरपाटीस्थित लिक्वेन्स वाटर कारखानामा पनि मिटर बिगारेर रकम असुली गरेको भेटिएको छ।
सिभम सिमेन्टलाई दिइएको डेडिकेडेट फिडर बाट २० घन्टा विद्युत् दिदा प्राधिकरणले रु १३ करोड आम्दानी गर्दथ्यो । तर, सो उद्योगलाई १९ घन्टा फाइल स्वीकृत गराएर २४ घन्टा नै विद्युत् दिई बिल भने रु ६ करोडको मात्रै उठ्ने बनाएका थिए । त्यसमा प्रधानको योजनाले काम गरेको बताइन्छ ।
पेटोल पम्पको मिटर बिगार्ने पनि विद्युत् चोरीमा
महाशाखा प्रमुख खनालका अनुसार यसरी बिजुलीको मिटर बिगार्दा सबैभन्दा पहिला प्राधिकरण कर्मचारी र उद्योगीबीच ‘सेटिङ’ गरिन्छ । मिटरमा पाँच सय युनिट उठेको छ भने पहिला बिलिङमा ५० युनिट बनाइन्छ । त्यसपछि मिटर रिडिङ गर्नेले सिल तोडेर उल्टो घुम्ने गरी जडान गरिन्छ । यसो गर्दा ४ महिनामा २ हजार युनिट उठेको छ भने २ सयमात्र उठ्ने बनाइन्छ ।
सुपरभाइजर श्रेष्ठको साथबाट प्रहरीले मेसिन बिगार्ने उपकरणसमेत बरामद गरेको छ । यसअघि महाशाखाले डेढ वर्षअघि राजधानीमा पेट्रोल पम्प बिगारेर ठगी गर्ने पम्प सञ्चालकहरूलाई पनि पक्राउ गरेको थियो ।
विद्युत् चोरीमा छुट्टा छुट्टै गिरोह
नेपाल प्रहरीले पक्राउ गरेका विद्युत् प्राधिकरणका कर्मचारीहरु मध्ये नेपाली काँग्रेस र नेकपा(एमाले) निकटका कर्मचारीहरुको संगठित गिरोह नै रहेको पाइएको छ ।
प्रहरीकाअनुसार पक्राउ परेकामा सूर्यबहादुर थापा लगनखेल वितरण केन्द्रका मिटर रिडिड सुपरभाइजर हुन् । उनी नेकपा(एमाले) निकटको कर्मचारी यूनियनका कर्मचारी यूनियनका इकाइ अध्यक्ष हुन् । यस्तै महादेव प्रधान कर्मचारी यूनियनका केन्द्रीय सल्लाहकार हुन् ।
यस्तै पक्राउ परेका मनिष श्रेष्ठ मिटर रिडर सुपरभाइजर हुन् । उनी रत्नपार्क वितरण केन्द्रमा कार्यरत छन् । उनी नेपाली काँग्रेस निकट कर्मचारी संघका केन्द्रीय कोषाध्यक्ष हुन् ।
अर्का इलेक्टिकल सुपरभाइजर सुमन श्रेष्ठ कर्मचारी संघका केन्द्रीय सदस्य रहेको भन्दै गृह मन्त्रालयमा पुगेर विद्युत् चोरीमा संलग्नलाई छुटाउन दबाव दिएका छन् । विद्युत् चोरीमा संलग्नलाई तत्काल छाड्न कर्मचारी संघ र युनियनका पदाधिकारीले प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिड, उपकार्यकारी निर्देशक गोपालबाबु भट्टराईलाई समेत घेर्न पुगेका थिए ।
विद्युत्चोरीमा संलग्नलाई धमाधम कारवाही हुन थालेपछि उनीहरुलाई कारवाहीबाट जोगाउन कर्मचारी सरुवाको विषयलाई लिएर आन्दोलन सुरु गरिएको भन्दै प्राधिकरणका उच्च अधिकारी पनि आश्चर्यमा परेका छन् ।

 

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

प्रतिगमनको नयाँ संस्करण आउने संकेत देखिरहेको छु : बाबुराम भट्टराई

प्रतिगमनको नयाँ संस्करण आउने संकेत देखिरहेको छु : बाबुराम भट्टराई

अख्तियारले  छापामार शैलीमा मुख्यमन्त्रीको कार्यालयमा छापा मार्‍यो : जसपा

अख्तियारले  छापामार शैलीमा मुख्यमन्त्रीको कार्यालयमा छापा मार्‍यो : जसपा

कांग्रेस काठमाडौंको पालिका अधिवेशन असोज १६ मा हुने

एमाले विधान महाधिवेशन : तीन प्रतिवेदनमाथि आज समूहगत छलफल

एमाले विधान महाधिवेशन : तीन प्रतिवेदनमाथि आज समूहगत छलफल

सर्वाधिक पढिएका

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ
राजनीति

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

भर्खरै

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us

कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु

© 2022 Dailo News - Designed by MPG Solution.