२१ असार, दमक । झापाको दमकमा रहेको लायन्स क्लब अफ बिग बुद्वले भेष्ट र जुत्ता वितरण गरेको छ ।
क्लबले शनिबार दमकमा कार्यलय रहेर स्वास्थ्यका लागी दौड अभियान लिएर दमक आसपासमा बिगत ४ वर्ष देखी दौड संचालन गर्दै आएको दमक रन संगको सहकार्यमा दमक रनका बाल बालबालीका लाई भेस्ट र जुत्ता बितरण गरेको छ । रनमा हरेक हप्ता दौडमा सहभागी हुने २ जना धावकलाई जुत्ता र ७ जना लाई भेष्ट बितरण गरेको हो ।
एरीया चिफ कोर्डिनेटर गोपाल अग्रवालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिशेष अतिथी
लायनस क्लब अफ बिग बुद्वका चार्टर प्रेसीडेन्ट तथा बिग बुद्वका संस्थापक अध्यक्ष सुधिर प्रधान रहेका थिए ।
दमक रन तथा लायन्स क्लब अफ बिग बुद्वका अध्यक्ष दिवस राईको अध्यक्षतामा भएको कार्यक्रम लायन्स तोसी आनन्द महतले संचालन गरेका थिए ।
सामजसेवी नबिन श्रेष्ठ दमक उधोग वाणिज्य संघका सदस्य कृष्णराज दाहाल, लायन्स कर्मी रुबल अधीकारी, पवन पाण्डे, दमक रनका सदस्य दिपेन्द्र श्रेष्ठ, बिजय राई, दिपक श्रेष्ठ, ममता रन्जितकार लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्दै सस्थाका अध्यक्ष दिवस राईले दुइ संस्थाको सहकार्यमा रहेको उक्त कार्यक्रम २५ हप्ता सम्म संचालन गर्ने योजना रहेको बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-