ओखलढुंगामा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मानेभञ्ज्याङ गाउँपालिका-६ डढुवामा बुधबार विहान ३ बजे बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । बसका चालक झापा पथरी-८ घर भएका कृष्ण बहादुर बस्नेत, सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका-५ की माया थापा र सिन्धुली कमलामाई नगरपालीकाका लाल बहादुर धामीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजिव श्रेष्ठले जानकारी दिए ।
दुर्घटनामा परी १७ जना यात्रु घाईते भएका छन् । घाईते मध्ये ५ जनाकोे अवस्था गम्भीर छ । गम्भीर घाईते भएका ५ जनालाई एम्बुलेन्स मार्फत काठमाडौं पठाईएको छ । अन्य घाईतको उदयपुरको घुर्मी स्थित आस्था हस्पिटलमा उपचार भईरहेको छ । पूर्वबाट यात्रु लिएर सोलुखुम्बुको सल्लेरीतर्फ आउँदै गरेको भाग्य रेखा यातायातको रात्री बस सडकबाट करिब २५ मिटर तल झरेको छ । डडुवाको घुम्तिबाट झरेको बस तल सडकमा पछारिएर अड्कीएको छ । चालक नयाँ भएको वा चालक निदाएका कारण बस दुर्घटनामा परेकोे हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-