चितवन, असार २७–
चितवनको माडी–ठोरी सडक खण्ड अवरुद्ध भएको छ । निरन्तरको वर्षाले माडी नगरपालिका वडा नं.३ र ४ को सिमानामा रहेको मगई खोला र घांगर खोलामा आएको बाढीले माडी–ठोरी सडक खण्ड अवरुद्ध बनेको हो ।
विहान ८ः३० बजेदेखी आएको बाढीले यो सडक खण्ड खण्ड भएर चल्ने सवारी साधनबीचमै रोकिएका छन् । माडीमा सामान्य वर्षाले पनि बाढी आउँदा यातायात संचालनमा समस्या हुने गरेको छ । थुप्रै खोलाहरु रहेको माडीमा पुलको अभाव छ । अहिले केही ठूला खोलाहरुमा भने पुल निर्माणको कार्य भइरहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-