२०७९ जेष्ठ १०, मङ्लबार
May 24, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

अविरल वर्षाले जनकपुर जलमग्न

दैलो न्युज दैलो न्युज
असार २७, २०७६ ०८:०९ मा प्रकाशित
ShareTweetPin

धनुषा, असार २७–

अविरल वर्षाका जनकपुरधाम उपमहानगरपालिकाका अधिकांश क्षेत्र जलमग्न भएका छन् । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण उपमहानगरपालिकाका विभिन्न बस्ती डुबानमा परेका हुन् ।

जनकपुरका प्रायःजसो सडक र सरकारी कार्यालयमा पानी जमेको छ भने गहिरो स्थानको घरभित्र पानी पसेको छ । जनकपुरको ऐतिहासिक बाह्रबिघा मैदान, जनकपुर विमानस्थल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जनकपुर अञ्चल अस्पताल, जिल्ला प्रहरी कार्यालय धनुषा, जिल्ला हुलाक कार्यालय, प्रदेश २ स्वास्थ्य निर्देशनालय, उद्योग वाणिज्य सङ्घ, भानु चोक, मिल्स एरिया, मुरली चोकदेखि विश्वकर्मा चोक, कदम चोक, सरकारी कार्यालय क्षेत्रका सडक र परिसर जलमग्न भएको छ ।

अविरल वर्षाले जनकपुर जलमग्न

यद्यपि अविरल वर्षाले कुनै अप्रिय घटना अहिलेसम्म नभएको र वर्षाले भएको क्षतिको तथ्याङ्क सङ्कलन काम भइरहेको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

एशियाली विकास बैंकको एकीकृत शहरी विकास परियोजनाद्वारा नगरमा भइरहेको सडक स्तरोन्नति कार्यक्रममा ढल व्यवस्थापन राम्रोसँग नगरेका कारण पानीको निकास हुन नसकेर नगरका अधिकांश क्षेत्र जलमग्न भएका हुन् । बस्तीहरू समेत डुबानमा परेर स्थानीयवासी मर्कामा छन् ।

विगतमा नगरको पानीको निकास जलाद र दूधमती नदीमा हुने गरेकामा हाल आएर नाला सफा नगरेका कारण सो समस्या उत्पन्न भएको बताइन्छ । वर्षाले अधिकांश सरकारी कार्यालय पनि डुबानमा परेका छन् । धनुषा र सिरहा जिल्ला जोड्ने कमला नदीमा निरन्तर रुपमा पानीको सतह बढ्दै गएपछि सर्वसाधारणलाई सचेत गराइएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीप कनेलका अनुसार धनुषा र सिरहा जिल्लाको सीमाका रुपमा रहेको कमला नदीमा अविरल वर्षाका कारण जलस्तर बढ्दै गएकाले कमला छेउछाउका सर्वसाधारणहरुलाई सचेत गराउँदै सतर्क रहन आग्रह गरिएको छ ।

निरन्तर वर्षाका कारण जलस्तर बढ्दै गएकाले हुन सक्ने सम्भावित घटनाको न्यूनीकरणका लागि कमला छेउछाउका ग्रामीण भेगमा सुरक्षाकर्मीलाई सचेत गराई तयारी अवस्थामा राखिएको धनुषाका प्रजिअ कनेलले जानकारी दिए ।

समग्र जिल्लाको अवस्था अहिलेसम्म सामान्य रहेको छ तर जनकपुरको नालामा पानीको बहाव रोकिएकाले ठाउँठाउँमा पानी जमेको बताउँदै प्रजिअ कनेलले कर्मचारी र प्रहरीको सहयोगमा त्यसलाई निराकरण गर्ने प्रयास भइरहेको जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

प्रतिगमनको नयाँ संस्करण आउने संकेत देखिरहेको छु : बाबुराम भट्टराई

प्रतिगमनको नयाँ संस्करण आउने संकेत देखिरहेको छु : बाबुराम भट्टराई

अख्तियारले  छापामार शैलीमा मुख्यमन्त्रीको कार्यालयमा छापा मार्‍यो : जसपा

अख्तियारले  छापामार शैलीमा मुख्यमन्त्रीको कार्यालयमा छापा मार्‍यो : जसपा

कांग्रेस काठमाडौंको पालिका अधिवेशन असोज १६ मा हुने

एमाले विधान महाधिवेशन : तीन प्रतिवेदनमाथि आज समूहगत छलफल

एमाले विधान महाधिवेशन : तीन प्रतिवेदनमाथि आज समूहगत छलफल

सर्वदलीय बैठक अहिले १० बजे बस्ने

सर्वदलीय बैठक अहिले १० बजे बस्ने

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष
राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us