सप्तरी,असार २८
सप्तकोसी नदीमा आएको बाढीले खतरा संकेत पार गरेको छ । मौसमविज्ञान विभागअन्तर्गतको बाढी सूचना केन्द्रले स्थानीय प्रशासनको समन्वयमा कोसीको तटबन्ध र ब्यारेजको नियमित अनुगमन जरुरी रहेको बताएको छ । सप्तकोसीमा बाढीको बहाव २ लाख २८ हजार २०५ क्यूसेक मापन गरिएको छ । पानीको निकासका लागि ३० वटा ढोका खोलिएको छ ।

खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ भने सजग रहन भन्दै सबै क्षेत्रका बासिन्दालाई एसएमएसमार्फत् सूचना पठाइएको छ ।
नारायणी अनलाईनबाट साभार गरिएको
प्रतिक्रिया लेख्नुहोस्:-