२०७९ जेष्ठ ७, शनिबार
May 21, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

कल्याण शेरचनको जयन्तीमा राष्ट्रिय खुल्ला एकल लोकनृत्य प्रतियोगिता

दैलो न्युज दैलो न्युज
असार २८, २०७६ १४:४० मा प्रकाशित
कल्याण शेरचनको जयन्तीमा राष्ट्रिय खुल्ला एकल लोकनृत्य प्रतियोगिता
ShareTweetPin

२८ असार,पोखरा । साउन १२ गते पोखरा उद्योग वाषिज्य संघमा आयोजना हुने राष्ट्रिय खुल्ला एकल लोकनृत्य प्रतियोगिताका लागि गण्डकी प्रदेशबाट ४ जना कलाकार छानिएका छन्। लोकस्रष्टा, साधक, शिल्पी कल्याण शेरचनको ७३ औं जन्म जयन्तीको अवसरमा कल्याण शेरचन स्मृति प्रतिष्ठान रानीपौवा पोखरा र साँस्कृतिक संस्थान(राष्ट्रिय नाँचघर) जमल काठमाडौंको संयुक्त आयोजनामा हुने प्रतियोगिताका लागि शनिवार पोखरा ३ नदिपुरस्थित थकाली सेवा समितिमा सम्पन्न गण्डकी प्रदेशस्तरीय छनौट प्रतियोगिताबाट बाग्लुङका २ र लमजुङ २ जना कलाकार छानिएका हुन।

छनौट भएका कलाकारहरुमा बाग्लुङका रोशन घर्तीमगर र बन्दना घर्तीमगर, लमजुङका हिराबहादुर गुरुङ र पवित्रा गुरुङ १८ प्रतियोगीहरुलाई पछि पार्दै अन्तिम प्रतिस्पर्धाका लागि छानिएको गण्डकी प्रदेश छनौट समितिका संयोजक मेनकाजी गुरुङले जानकारी दिनुभयो।

छनौटका लागि मुख्य निर्णायकमा मनकुमार श्रेष्ठ, निर्णायकहरुमा माधब गुरुङ र रेशम गुरुङ रहनु भएको थियो भने वरिष्ठ नृत्य निर्देशकहरु बुद्धिप्रसाद गुरुङ(गौरी),केश गुरुङ, गोरे गुरुङ र जसु गुरुङ पर्यवेक्षकको रुपमा रहनु भएको थियो। प्रतियोगिताका कल्याण शेरचन स्मृति प्रतिष्ठानका संरक्षक नरबहादुर शेरचनले दीप प्रज्वलन गरी उद्घाटन र प्रतिष्ठानका बरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर थापाले कार्यक्रम संचालन गर्नुभएको थियो। प्रतियोगिताको नियमबारे प्रमुख निर्णायक मनकुमार श्रेष्ठले जानकारी गराउनुभएको थियो।

साउन १२ गते पोखरा उद्योग बाणिज्य संघमा हुने प्रतियोगिताको विजेता एक जना महिला एक जना पुरुषले जनही १ लाख १ हजार १११ रुपैया सहित वर्ष उत्कृष्ट कलाकार उपाधिसहित साँस्कृतिक संस्थानमा एक वर्षका लागि रोजगार प्रदान गरिने छर। त्यस्तै दोश्रो हुने महिला र पुरुषले जनही ५० हजार ५१५ रुपैया, तेश्रो हुने महिला र पुरुषले जनही २५ हजार ५१५ र सात्वना महिला र पुरुष जनही १५ हजार ५१५ र उत्कृष्ठ कोरियोग्राफर महिला र पुरुष जनही २५ हजार ५१५ रुपैयासहित पुरस्कृत हुने कल्याण शेरचन स्मृति प्रतिष्ठानका अध्यक्ष क्या.पुर्णबहादुर गुरुङ ह्योल्मोले जानकारी दिनुभयो।

प्रतियोगिताको अन्तिम स्पर्धाको लागि सातवटै प्रदेशबाट १६ जना कलाकारहरु नचौट गरिने पत्रकार सम्मेलनमा जानकारी दिनुभयो। गण्डकी प्रदेशबाट २ महिला र २ पुरुष छानिने भएकाछन भने अन्य प्रदेशहरुबाट १ महिला, १ पुरुष छनौट गरिने आयोजकले जनाएको छ।

यस्तै गरी प्रदेश नं.१ को धरान र सुदुर पश्चिमको धनगढीमा पनि शनिवार नै छनौट कार्यक्रम सम्पन्न भएको कार्यक्रम संयोजक श्रीजंग गुरुङले जानकारी दिनुभयो। यसरी नै प्रदेश नं. २ को साउन ५ गते राजविराजमा सन्दिप मण्डलको संयोजकत्वमा छनौट र साउन ४ गते प्रदेश नं.३ को काठमाडौं साँस्कृतिक संस्थानमा सारदा सिलवालको संयोजकत्वमा, प्रदेश नं. ५ को बुटवलमा साउन २ गते अनु रज्जकको संयोजकत्वमा, साउन ६ गते कर्णाली प्रदेशको सुर्खेतमा कुलमान नेपालीको संयोजनमा प्रादेशिक छनौट हुने संयोजक गुरुङले बताउनुभयो।

कार्यक्रमबाट बचत हुने रकमबाट नेपालमै पहिलो नेपाली लोकबाजा संग्रहालय पोखरामा स्थापना गर्ने, नेपाली लोक सँस्कृतिको संरक्षण, संवद्र्धन तथा उत्थान गर्न, लोकस्रष्टा, साधक, शिल्पी कल्याण शेरचनले नेपाली लोक सँस्कृतिमा देख्नु भएको सपना पुरा गराउने, युवाहरुलाई लोक साँस्कृतिक प्रतिभा प्रस्फुटन गर्ने अवसर प्रदान गर्न, नेपाल भ्रमण वर्ष २०२० लाई लोक नृत्य मार्फत टेवा पुर्याई आन्तरिक पर्यटन प्रवद्र्धन हुने अपेक्षा लिइएको अध्यक्ष क्या.पुर्णबहादुर गुरुङ ह्योल्मोले बताउनुभयो।

वि सं. २००३ साल साउन १२ गते पोखरा ११ रानीपौवामा जन्मनु भएका लोकस्रष्टा, साधक, शिल्पी कल्याण शेरचन २०६७ साल माघ २४ गते स्वर्गारोहण हुनु भए पनिसोह्र वर्ष उमेरमा मै पनि झिल्के…, आहा कलिलो तामालाई सोध रामलाई…, ऐ भेना यो साल लाइदेउ मलाई पछ्यौरी मल्मल… लगायत थुप्रै लोक सिर्जनाहरु उहाँ अमर हुनुहुन्छ।

संगीत, खेलकुद र शिक्षा क्षेत्रमा महत्वपुर्ण योगदान दिनुभएका लोकस्रष्टा, साधक, शिल्पी कल्याण शेरचनको अमरत्वका लागि ६५ औं जन्मजयन्तीको अवसरमा हिमाली साँस्कृतिक परिवार र रेडियो अन्नपुर्णले २०६८ साउन १२ गतेदेखि १४ गते सम्म पश्चिमाञ्चलस्तरीय कौरा(चुडका) गीत प्रतियोगिता भव्यताका साथ सम्पन्न गरी २०६९ साल असार ११ गते कल्याण शेरचन स्मृति प्रतिष्ठानको विधिवत स्थापना गरिएको हो।

प्रतिष्ठानले स्थापना कालदेखि नै माघ २४ गते कल्याण शेरचन स्मृति दिवस र साउन १२ गते जन्म जयन्ती विशेष कार्यक्रम गर्दै आएको छ। जसअनुसार कल्याण स्मारिका तथा जम्काभेट गीतिसंगह लोर्कापण तथा स्रष्टा सम्मान, वरिष्ठ नृत्य निर्देशक भैरबहादुर थापा, बरिष्ठ फुटबल प्रशिषक तथा खेलाडी डम्मरसिंह गुरुङ, वरिष्ठ शिक्षाविद बलबीरसिंह नेगी, वरिष्ठ संगीतकार प्रकास गुरुङ, वरिष्ठ मादल बादक जयबहादुर बुढामगर, वरिष्ठ खेलाडी तथा प्रशिक्षक खडगबहादुर रानाभाट, वरिष्ठ सारंगीबादक, गाय तथा कलाकार कृष्णबहादुर गन्धर्व, वरिष्ठ शिक्षासेवी रुपबहादुर गुरुङलाई सम्मान र शिक्षाविद गणेशबहादुर गुरुङलाई अभिनन्दन गरिएको छ।

यसरी नै प्रतिष्ठानले साँस्कृतिक संस्थानको सहकार्यक्रमा कल्याण शेरचनको ७१ औं जन्मजयन्ती २०७४ साउ १२ गते काठमाडौं राष्ट्रिय नाचघरमा राष्ट्रिय खुल्ला मादल बादन प्रतियोगिता २०७४, ७२ औं जन्मजयन्ती २०७५ साउन १२ गते राष्ट्रिय नाचघरमै राष्ट्रिय सारंगी उत्सव भव्यताका साथ सम्पन्न गरेको छ भने ७३ औं जन्मजयन्ती २०७६ साउन १२ गते राष्ट्रिय खुल्ला एकल लोकनृत्य प्रतियोगिता २०७६ आयोजना गरिएको प्रतिष्ठानका अध्यक्षले बताउनुभयो।

यसैगरी कल्याण शेरचन स्मृति प्रतिष्ठानले म्याग्दी दानास्थित ज्ञानप्रकाश माविको ८ कोठे विद्यालय भवन पहार ट्रष्ट नेपालको सहकार्यमा १ करोडमा लागतमा सम्पन्न गरेको छ भने भुकम्पबाट भत्किएको कास्की घान्द्र्रुक १ क्लिउँमा अवस्थित फुम्रोखुँ बराह माविको तीनकोठे भवन, शौचालय, स्नानगृहसहित २० लाखको लागतमा सम्पन्न गरेको कोषाध्यक्ष प्रदिप गौचनले बताउनुभयो।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us