२०७९ जेष्ठ ७, शनिबार
May 21, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

समाजवादी ट्रेड युनियन महासंघमा प्रवेश कार्यक्रम सम्पन्न

दैलो न्युज दैलो न्युज
असार २९, २०७६ ०९:२० मा प्रकाशित
समाजवादी ट्रेड युनियन महासंघमा प्रवेश कार्यक्रम सम्पन्न
ShareTweetPin

काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकटको ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य दिपक कटुवालको नेतृत्वमा सयौँ ट्रेड युनियनकर्मीहरु समाजवादी पार्टी नेपाल निकटको गरेका छन् ।समाजवादी लोकतन्त्रिक ट्रेड युनियनका उपाध्यक्ष तथा प्रदेश नं. ३ का इन्चार्ज गणेश पुडासैनीको अध्यक्षतामा शनिबार जोरपाटीमा आयोजित प्रवेश कार्यक्रममा प्रमुख अतिथि तथा नेपाल सरकारका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले कांग्रेस, नेकपा, राप्रपा लगायतका पुराना दलहरुले श्रमिकहरुको समस्यालाई सत्ता प्राप्तिको सिँढीमात्र बनाएको बताए । समाजवादी पार्टीले अधुरा रहेका सम्पूर्ण श्रमका समस्यालाई पुरा गर्ने उनले बताए । 
पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री यादवले मजदुरहरुले विगतमा राजनीतिक आन्दोलनमा ट्याक्टरलाई ट्याकं बनाएर राजनीतिक परिवर्तन मुख्य भूमिका रहेको बताए । मजदुरहरुको समानताको लागि आज ठूलो आन्दोलन हुनु पर्ने उनको जिकिर छ । उनले समाजवादको बारे बोल्दै भने, ‘हाम्रो समाजवाद भनेको हुने खानेको र हुँदा खाने बीचको समानता, गाउँ र सहरबीचको असमानताको अन्त्य, दलित र गैरदलित बीचको समानता हो ।’समाजवादी लोकतन्त्रिक ट्रेड युनियन महासंघका महासचिव डि.वि. सरोज राईले संचालन तथा वरिष्ठ उपाध्यक्ष अर्जुन लम्सालले स्वागत गरेको उक्त प्रवेश कार्यक्रममा नेकपा सम्बद्ध ट्रेड युनियनका केन्द्रीय सदस्य दिपक कटुवालको नेतृत्वमा सय जना भन्दा बढी मजदुरहरु समाजवादी सम्बद्ध ट्रेड युनियनमा प्रवेश गरेका थिए । 
नयाँ गाउँ खाने कथा– बोल्नमा शिरोमणी काम गर्नमा कछुवा भनेको के हो ?
उक्त  प्रवेश कार्यक्रममा बोल्दै विशिष्ट अतिथि तथा पार्टीका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले सामुहिक सौदावाजी, न्युनतम बेतन र ट्रेड युनियन अधिकारसँग सम्बन्धित आइ.एल.ओ.का विभिन्न अन्र्तराष्ट्रिय अनुबन्धहरुबारे प्रष्ट पारे । उनले अहिले विश्वमा ‘बहु युनियन एक आवाज’को रुपमा ट्रेड युनियनहरु अगाडि बढेको बताए । उनले पार्टीले अंगिकार गरेको सम्मुन्नत संघीय समाजवाद श्रमीकहरुको हीतमा रहेको बताए । 
श्रेष्ठले तत्कालिन माओवादीले जनयुद्धका मुद्धाहरु नेकपामा विसर्जन गरेको बताउँदै अब जनयुद्धका  मुद्धाहरुको वैचारिक उतराधिकारी पनि समाजवादी पार्टी नै भएको बताए । प्रधानमन्त्री के.पी. ओलीको कार्यशैलीप्रति व्यंग्य गर्दै उनले भने, ‘अहिले गाउँ गाउँमा नयाँ गाउँ खाने कथा सुरु भएको छ– बोल्नमा शिरोमणी काम गर्नमा कछुवा भनेको के हो ? त्यसको जवाफमा सबैले प्रधानमन्त्री के.पी. ओली भन्ने गरेको छ ।’
कार्यक्रममा समाजवादी पार्टी, नेपालका उपाध्यक्ष तथा ट्रेड युनियन इन्चार्ज रकम चेम्जोङ्गले संघीय समाजवादले उत्पीडित जातिको हीत रक्षा गर्नुका साथै मजदूर वर्गीय राजनीतिलाई नेपालको विशिष्ट स्थितिमा सम्मुनत रुपमा उठाउने बताए भने हिसिला यमीले समावेशी विकास र समृद्धि सहित मजदुर तथा श्रमिकको अधिकारका लागि पार्टीले सशक्त संघर्ष गर्ने बताएका थिए । त्यस्तै समाजवादी लोकतन्त्रिक ट्रेड युनियन महासंघका अध्यक्ष नवराज ढकालले आज श्रमिकहरुको प्रवेशले आफुलाई हौसला मिलेको बताए । उनले नयाँ प्रवेश गरेको सबै साथीहरुलाई उचित जिम्मेवारी दिने बताउँदै आन्दोलनमा अब तयार रहन पनि आह्वान गरे । त्यस्तै पूर्व नयाँ शक्ति निकट ट्रेड युनियन महासंघका अध्यक्ष लालध्वज नेम्बाङले नया शक्ति पार्टी र ससफो नेपाल सम्बद्ध दुई महासंघ अब केही दिनमा एकिकरण हुने बताउँदै अव श्रमिकहरुको बैकल्पीक शक्ति एकीकृत संगठनको रुपमा समाजवादी ट्रेड युनियन महासंघ बन्ने बताए ।
कार्यक्रमा पार्टीका केन्द्रीय सदस्यहरु आङदेण्डी शेर्पा, केशव दाहाल, डा. के.के. राई, निर्मला तावा लिम्बू आदिले पनि मन्तव्य राखेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us