साउनको आगमनसँगै झापामा हरियो चुरा, पहेँलो पोते र मेहन्दी किन्ने चटारो हिन्दू समुदायका महिलामा शुरु भएको छ ।
हिन्दू महिलाले साउन महीनाभरी हरियो चुरा, पोते, मेहन्दी, हरियो साडी, हरियो नङ्गपालिस लगाएर श्रीमानको लामो आयु तथा दीर्घायुको कामना गर्ने गरिन्छ ।
झापाका ब्यापारीक केन्द्रका रुपमा परिचित बिर्तामोड ,दमक, काकर्भिट्टा भद्रपुरका बजारमा हरियो चुरा, पोते र मेहन्दी व्यापारीलाई भ्याइनभ्याई छ । अबिवाहित युवतीहरुले असल बर पाउन हरियो चुरा मेहन्दी लगाएर व्रत बसी भगवान शिवको व्रत बस्ने गरेको शिव मन्दिरमा पूजाआजा गर्ने गर्छन् । असार महीनामा खासगरी अधिकांश हिन्दू महिलाले हरियो चुरापोते र मेहन्दी लगाउने गरेको स्थानिय दमककी न्यू सदिक्षा कस्मेटिककी संचालक सङ्गिता कट्वाले बताईन।उनका अनुसार कतिपयले यसको धार्मिक महत्व बुझेर नै लगाउने गरे पनि कतिपय महिलाले देखासिखी र लहैलहैमा पनि हरियो चुरा, पोते तथा मेहन्दी लगाउने गरेका छन् ।
साउनमा बोटबिरुवा पलाएर हरियाली छाउने र महिलाले पनि हरियो बस्त्र धारण गर्दा सुन्दर देखिने भएकाले साउन महीनामा हरियो चुरा, पोते, हरियो कपडा र मेहन्दी लगाउने गरेको बिर्तामोडका व्यापारी राजु साह बताउछन।
हरियो रङ्गलाई समृद्धिको प्रतीक पनि भनिने भएकाले हिन्दू महिला श्रीमानको समृद्धि होस् भनेर खासगरी सुहागन महिलाले हरियो चुरा, पोते र मेहन्दी लगाउने गरेको पण्डित डिल्ली राम खतिवडा बताउछन।
साउन महीनामा हरियो चुरा, पोते र मेहन्दीको बढी बिक्री हुने गरेको व्यवसायी बताउँछन् ।
प्रतिक्रिया लेख्नुहोस्:-