पोखरा,३१ असार २०७६ :
नेपाल आदिवासी जनजाति महासंघ कास्कीको अगुवाइमा असमावेशी ,अलोकतान्त्रिक, असवैधानिक रुपमा लोकसेवा आयोगले निकालेको विज्ञापन विरुद्द पोखरामा सिटी जुलुस सम्पन्न भएको छ ।
लोकसेवा आयोगले स्थानीय तहको लागि खुलाएको विज्ञापनमा आदिवासी जनजाति , मधेसी , मुस्लिम , पिछडिएका क्षेत्र लगायतको आरक्षित क्षेत्रको संविधानमा व्यवस्था भएको कोटालाई कटौती गरेपछी आरक्षण बचाऊ भन्दै आदिवासी जनजाति आन्दोलित भएका छन् ।
अदालतको ढोका ढक्ढकाउदा पनि न्याय नपाएपछी आन्दोलित हुनु परेको नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद कास्कीका अध्यक्ष धर्म तमुले जानकारी दिए । “संविधानले व्यवस्था गरेको अधिकार प्राप्त नहुन्जेल आन्दोलन जारि राख्ने”तमुले भन्नुभयो
दुइ तिहाइको सरकारले आदिवासी जनजातिकै घाटी निमोथिएकोले यसको विरुद्द आन्दोलन जारि राख्ने नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ कास्कीका अध्यक्ष सुजन तमाङ्गले बताउनु भयो ।
चिप्लेढुंगा मानव अधिकार चोकबाट सुरु भएको सिटी जुलुस महेन्द्रपुलमा कोणसभा गर्दै समापन भएको थियो ।
महासंघले यहि श्रावण २ गते नेपाल बन्दाको घोषणा गरिसकेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-