२०७९ जेष्ठ १०, मङ्लबार
May 24, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

२ गते(भोली) को नेपाल बन्दा फिर्ता: अरु कार्यक्रम यथावत ३ गते लालबाबु पण्डितको पुत्ला दहन गर्ने

दैलो न्युज दैलो न्युज
साउन १, २०७६ १३:४८ मा प्रकाशित
२ गते(भोली) को नेपाल बन्दा फिर्ता: अरु कार्यक्रम यथावत ३ गते लालबाबु पण्डितको पुत्ला दहन गर्ने
ShareTweetPin

काठमाडौं, १ श्रावण २०७६ :

नेपाल आदिवासी जनजाति महासंघ एवं अन्य जातिय संगठन द्वारा असमावेशी लोकसेवा आयोगको विज्ञापन विरुद्दको भोली हुने भनिएको नेपाल बन्दाको कार्यक्रम फिर्ता लिएको छ । आज महासंघ को अध्यक्षले एक विज्ञाप्ति जारि गर्दै फिर्ता लिएको जानकारी दिनु भयो । देसमा अहिलेको विपताकालिन परिस्थितिलाइ ध्यान मा राखेर फिर्ता लिएको तर अन्य कार्यक्रमा अझै थपेर गर्न लागेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रेस विज्ञप्ति

श्री अध्यक्षज्यू, जातीय सदस्य संगठतहरु, सम्बन्धन संगठनहरु, नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) मातहतका सम्पूर्ण प्रदेश र जिल्ला समन्वय परिषद्हरू ।

विशेष परिपत्र संघीयताको मूल मर्म र समानुपातिक समावेशी सिद्धान्त विपरित प्रकाशित भएको लोकसेवा आयोगको असमावेशी विज्ञापनको विरुद्ध आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम, महिला, अपाङ्गता भएका व्यक्ति र पिछडिएको क्षेत्र तथा विभिन्न राजनीतिक दलहरू, दलहरूसम्बद्ध मोर्चाहरूको तर्फबाट ‘आरक्षण बचाऔँ आन्दोलन’को साझा व्यानरमार्फत आन्दोलनरत रहेको अवगत नै छ । परिवर्तनबाट स्थापित समानुपातिक समावेशिता (आरक्षण)लाई निस्तेज पार्ने नियतले आएको विज्ञापनको विरोधमा २०७६ जेठ १६ गतेदेखि बहिष्कृत–सीमान्तकृत वर्ग समुदाय निरन्तर आन्दोलनमा रहेको स्पष्ट छ । हरेक घोषित आन्दोलनलाई सफल बनाउनका निमित्त दिलो ज्यान दिनुहुने र आन्दोलनको क्रममा गिरफ्तारमा पर्नुहुने सबै आन्दोलनकारी साथीहरूमा सलामसहित हार्दिक धन्यवाद ज्ञापन गर्दछौं । त्यसैगरी, आन्दोलनको क्रममा घाइते हुनुहुने साथीहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।

देशैभरमा भएको भिषण वर्षाको कारणले भएको बाढी पहिरो, डुबान आदिबाट भएको मानवीय र भौतिक क्षति हुनुका साथै घरवारविहिन र विस्थापित भइरहेको अवस्थामा आन्दोलनको स्वरुप परिवर्तन गर्नुपर्ने जबर्जस्त विपतकालीन परिस्थिति आइपरेकोले पूर्वनिर्धारित कार्यक्रमबमोजिम २०७६ साउन २ र १० गते बन्द स्थगन गर्ने तर आन्दोलनका कार्यक्रम भने निरन्तर जारी राख्ने सामुहिक निर्णय भएबमोजिम आन्दोलनका थप कार्यक्रमहरू देहायबमोजिम घोषणा गरिएको अवगत गराउँदछौं ।

घोषित आन्दोलनको कार्यक्रम आपतकालीन परिस्थितिमा कहिलेकाहीँ परिवर्तन हुन सक्ने वा गर्नुपर्ने पेचिलो र चुनौतीपूर्ण बाध्यता सिर्जना हुने स्मरण गर्दै गराउँदै देशमा प्राकृतिक प्रकोपले उत्पन्न परिस्थितिले गर्दा मानवीय संवेदनालाई केन्द्र भागमा राखेर अहिलेको परिस्थितिमा आन्दोलनको स्वरुप मात्रै परिवर्तन भएको स्पष्ट पार्दछौं ।

एकल जातिवादी नश्लीय राज्यसरकार, आयोग र अदालतको समेत विभेदकारी यस निर्णय र व्यवहारको आ–आफ्नो ठाउँबाट विरोध÷प्रतिरोधसँगै घोषित आन्दोलनलाई सफल बनाउन तथा समग्र आदिवासी जनजातिहरूको अधिकार स्थापित गर्न गराउनका लागि तपाईं सम्पूर्ण नेफिन, प्रदेश र जिल्ला समन्वय परिषद्हरू र त्यससम्बद्ध आदिवासी जनजातीय संगठनहरूलाई आन्दोलनमा परिचालित हुन, गर्न गराउन र त्यस प्रदेश अन्तर्गतका सम्पूर्ण नेफिन प्रदेश र जिल्ला समन्वय परिषद्हरूलाई परिचालन गराउनका लागि महत्वपूर्ण पहलकदमी लिन नेफिन, संघीय परिषद् सचिवालयको तर्फबाट विशेष परिपत्रसहित निर्देश गर्दछौं ।

त्यसैगरी, त्यस प्रदेशमा पनि आदिवासी जनजातिसहित बसोबासको आधारमा मधेशी, दलित, मुस्लिम, महिला, अपाङ्गता, पिछडिएको क्षेत्र, विभिन्न राजनीतिक दलहरू र दलहरू भित्रका सम्बन्धित मोर्चा÷घटकहरूलाई समेट्ने गरी समन्वयकारी भूमिका गर्दै ‘आरक्षण बचाऔँ आन्दोलन’ (Reservation Protection Movement-RPM)को फोरम निर्माण गरी आन्दोलन गर्न गराउन आग्रह गर्दछौं ।

आन्दोलनको कार्यक्रमः

१. २०७६ साउन २ गतेः लोक सेवा आयोगको केन्द्रीय कार्यालय काठमाडौंलगायत देशैभरि लोक सेवा आयोगको कार्यालय र सिडियो कार्यालयहरु, स्थानीय तहका कार्यालयहरु विहान ९ः०० बजेदेखि बन्द गराउने, घेराउ गर्ने र धर्ना बस्ने (सम्बन्धित प्रदेश र जिल्लाहरूको परिस्थितिअुरुप) ।

२. २०७६ साउन ३ गतेः काठमाडौं उपत्यकालगायत देशैभरि विरोध जुलुससहित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री र लोकसेवा आयोग अध्यक्षको पुत्ला दहन गर्ने दिनको १ः०० बजे ।

३. २०७६ साउन ४ गतेः काठमाडौं उपत्यकालगायत देशैभरि जनप्रदर्शन र विरोध सभा गर्ने ।

४. लोक सेवा आयोगको असमावेशी विज्ञापनको परीक्षा हुने प्रदेश, जिल्ला तथा परीक्षा केन्द्रहरूमा परीक्षाको मितिमा बन्द वा परीक्षा विथोल्ने लागयतको कार्यक्रम गर्ने गराउने ।

………….. ………………

जगतबहादुर बराम (अध्यक्ष)

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us