झापा । रोटरी क्लब अफ दमकले आवस्यकताको आधारमा सामाजिक क्षेत्रमा क्रियासिल हुने बताएको छ ।
बुघबार बर्ष २०१९/२० का अध्यक्ष सन्दीप चापागाईंले आफ्नो कार्यकालमा रोटरीको सिद्धान्त र उद्देस्य अनुसार सामाजिक क्षेत्रमा क्रियासिल हुने प्रतिवद्धता गरेका छन् ।
सञ्चारकर्मिहरु संगको कुराकानीमा नव निर्वाचित अध्यक्ष चापागाईंले नागरिकको आवस्यकताको आधारमा सामाजिक क्षेत्रमा क्रियासिल हुने प्रतिवद्धता जनाएका हुन् ।
रोटरी क्लब अफ दमकले यस अघि गरेका कामहरु निरन्तर अनुगमन संगै नयाँ योजनाहरु पनि सञ्चालन गर्ने योजना रहेको र बिषेशगरी विपन्न बालबालीकाको शिक्षामा र आधुनिक प्रबिधिमा लगानी गर्ने बताए ।
दमक क्षेत्रमा ठुला योजना सञ्चालनको लागी रोटरी क्लबको अन्तर्राष्ट्रिय सञ्जालमा प्रस्ताव लगिएको योजनाहरु संझौताको चरणमा रहेको भन्दै चापागाईले नागरिकका हरेक समस्यामा स्थानिय सरकार संग सहकार्य गर्दै क्रियासिल रहने बताए ।
सो अवसरमा रोटरी क्लब अफ दमकका निवर्तमान अध्यक्ष मोहन ढकालले पनि सामाजिक क्षेत्रमा क्रियासिल रोटरीले नागरिकका समस्या पहिचान गरी कार्य गर्ने बाताए ।
प्रतिक्रिया लेख्नुहोस्:-