साउन ९, काठमाडौं ।
गायिका तथा मोडल बिष्णुमाया पौडेल र सरु न्यौपाने र गङ्गा पौडेलको स्वरमा भावना म्युजिक सोलुसनबाट आमा बराबर नामक तिज गीतको प्रदर्शन भएको छ । जसमा सरु न्यौपानेको शब्द संगीत रहेको छ। उक्त गीतमा मुना कुवर, अम्बिक जंग,गंगा पौडेल, रोहित कार्की, रामेश्वर महर्जन, सेर बहादुर न्यौपाने, लक्ष्मण र गणेश दुलालको अभिनय रहेको छ।
उक्त गीतको निर्देशन सम्राट दाहालले गर्नु भएको थियो । अभिनास डिसी को छाया सम्पादनमा रहेर साउन ९ गते आमा बराबर नामक तिज गीतको प्रदर्शन गरिएको थियो | उक्त गितले प्राय: हाम्रो नेपाली समाजमा चल्दै आएको छोरी -बुहारी, सासु – बुहारी बिचको सम्बन्धलाई सकारात्मक रुपमा अझ बलियो र मजबुद बनाउने साथै गीतले समाजमा यौटा सकारात्मक भूमिका खेल्ने, कुरा गायिका बिष्णुमाया पौडेलले जानकारी दिनु भएको थियो ।
उक्त गित हेर्नको लागी तलको लिङ्कमा दबाउनुहोला |
प्रतिक्रिया लेख्नुहोस्:-