२०७९ जेष्ठ ४, बुधबार
May 18, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

जेष्ठ नागरिक र शैक्षिक सम्मान, विविध साँस्कृतिक कार्यक्रम

दैलो न्युज दैलो न्युज
साउन १०, २०७६ १६:३८ मा प्रकाशित
जेष्ठ नागरिक र शैक्षिक सम्मान, विविध साँस्कृतिक कार्यक्रम
ShareTweetPin

१० साउन, पोखरा । कास्की जिल्ला, मादी गाउपालिका वडा नं.१ सिक्लेस र पार्चे गाँउबाट पोखरा आइ बसोवास गर्ने तमुहरुको साझा संस्था चिउली पाचे तमु समाज पोखराको शुक्रवार ३५ औं वार्षिकोत्सव तथा साधारणसभा भव्यताका साथ सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि, वरिष्ठ समाजसेवी, समाजका सल्लाहकार डब्लु ओ टु गमबहादुर गुरुङले दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको कार्यक्रममा समाजका जेष्ठ नागरिक, उच्च शिक्षा र १२ कक्षा उतिर्ण विद्यार्थीहरुलाई सम्मानका साथै पुरस्कृत एवम टोलगत आमा समुहहरु र युवा समितिले विविध साँस्कृतिक प्रस्तुति गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि, वरिष्ठ समाजसेवी डब्लु ओ टु गमबहादुर गुरुङले शुभकामना व्यक्त गर्नुहुदै मादी गाँउपालिका १, साविक पार्चे गाविसको पुरानै सिमा कायम गराउन सरोकार समितिले वडा कार्यालयलाई सहयोग गर्नुपर्ने बताउनुभयो। गाँउको सिमा सुरक्षाका लागि सबै एक हुनुपर्नेमा जोड दिनुहुदै आफुले समाजलाई हर क्षेत्रमा सक्दो निरन्तर सहयोग गर्ने उद्घोष गर्नुभयो। सिक्लेसमा समाजका उपाध्यक्ष बलबहादुर गुरुङको अगुवाईमा निर्माणाधिन क्होइवोलाई जति नै कुल प्रसाद गुरुङको पहलमा निर्माण हुने अर्को क्होइबोलाई १ लाख १ हजार १११ रुपैया सहयोग प्रदान गर्ने घोषणा गर्नुभयो। समाजले मेरो कार्यको उचित मुल्यांकन गरेकामा हर्षित छु भन्नुहुदै प्रमुख अतिथि गुरुङले समाज र आमा समितिलाई विगतदेखि केही सहयोग गर्दै आएको छ, अब युवा समितिलाई सहयोग गर्ने बताउनुभयो। समाजका गतिविधीलाई प्रचार प्रसार, देश विदेश र सबैमा पुर्याउने मिडियालाई समाजले उचित सम्मान गर्नुपर्ने बताउनुहुदै चिउली पाचे तमु समाज केही समय अघि सम्पन्न महायज्ञले पितृ उद्धार र समाज पवित्र एवम पुण्य भएको आभाष भएको बताउनुभयो।

विशेष अतिथि नेपाल आदिवासी जनजाति महासंघ पोखरा महानगर अध्यक्ष जंगबहादुर गुरुङले बार्षिकोत्सव तथा साधारणसभाको शुभकामना व्यक्त गर्नुहुदै समाज विकास नै सबैको विकास भएकाले एकताबद्ध भई अघि बढ्नुपर्ने बताउनुभयो। आउदो पिढीले शिक्षामा विशेष जोड दिनुपर्दछ भन्दै सिक्लेसबासीले आफ्नो भोगचलन गर्दै आएको पुरानो सिमा गुमाउन दिन नहुने बताउनुभयो। उहाँले भन्नुभयो, पुरानो सिमांकन कायम गराउने आवाश्यक परे अदालत पुग्नुपर्दछ, आज गाँउको भु–भाग, श्रोत, चुलो,चौके, दैलो नै खोसिएका अवस्था रहेको भन्दै गम्भीर हुन आग्रह गर्नुभयो।

कार्यक्रममा सम्मानित बिद्यार्थीहरुको तर्फबाट बोल्नु हुदै डा.अस्मिता गुरुङले समाजको सम्मानले आफुहरु प्रोत्साहित भएको भन्दै समाजलाई १० हजार ५ सय रुपैया सहयोग गर्नुभयो।उहाँले आफुले प्राप्त गरेको विद्या र ज्ञान समाज सेवाका लागि समर्पण गर्ने बताउनुभयो।

कार्यक्रममा सल्लाहकार पोमबहादुर गुरुङ, समाजका सदस्य जंगप्रसाद गुरुङ, आमा समितिका कार्यवाहक अध्यक्ष लोककुमारी गुरुङ, युवा समितिका अध्यक्ष पिमप्रसाद गुरुङले शुभकामना मन्तव्य व्यक्त गर्नुहुदै समाज विकास र समृद्धिका लागि एकतावद्ध हुनुपर्ने र मादी १ को पुरानै सिमा कायम गराउन सबैको जुट्नुपर्नेमा जोड दिनुभएको थियो।

उक्त कार्यक्रममा चिउली पाचे तमु समाजको युवा समिति र गाउको टोलगत धप्राङ, सभाथर, लामाथर, हार्पुथर, गैरीथर लगायतका आमा समुहहरुको साँस्कृतिक प्रस्तुतिले कार्यक्रम भव्य बनेको थियो।

समाजका अध्यक्ष सु.रनबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमका स्वागत उपाध्यक्ष बलबहादुर गुरुङ, संचालन सचिव डमरबहादुर गुरुङ र युवा सचिव दलबहादुर गुरुङले गर्नुभएको थियो।

कार्यक्रममा साउन ७ गते सिक्लेसमा सम्पन्न वडा सिमांकन भेलाका लागि पुगेका पत्रकारहरु हुमबहादुर गुरुङ, देवीजंग गुरुङ र बेलबहादुर गुृरुङसहित वार्षिकोत्सवमा नृत्य प्रस्तुत गरेका युवा समितिका कलाकारहरुलाई सम्मान गरिएको थियो।

कार्यक्रममा समाजका सचिव डमरबहादुर गुरुङले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष सुवेदार दिलप्रसाद गुरुङले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन र एम्बुलेन्स संचालक समितिका अध्यक्ष सुवेदार मेजर केसबहादुर गुरुङले प्रस्तुत गर्नुभएको प्रतिवेदन साधारणसभाले पारित गरेको थियो।

उक्त कार्यक्रममा जेष्ठ नागरिकहरुलाई सम्मानपत्र र दोसल्ला, उच्च शिक्षा र १२ कक्षा उतिर्ण गरेका विद्यार्थीहरुलाई सम्मानपत्रसहित सम्मान गरिएको थियो। यसैविच १२ कक्षामा उत्कृष्ठ अंक प्राप्त गरेका सितल गुरुङ र गणेश गुरुङलाई समाजसेवी क्या.तेजबहादुर गुरुङद्वारा स्थापित अक्षयकोषबाट जनही ५,५ हजार नगदसहित अक्षयकोषदाताका छोरी आमा समितिका कार्यवाहक अध्यक्ष लोककुमारी गुरुङले पुरस्कृत गर्नुभएको थियो।

यसैविच चिउली क्होइबो निर्माणका लागि समाजसेवी क्या.तेजबहादुर गुरुङले प्रदान गर्नुभएको १ लाख १० हजार ५५ रुपैया क्होइबो निर्माण समितिका अध्यक्ष बलबहादुर गुरुङ र कोषाध्यक्ष फिमबहादुर गुरुङलाई छोरी लोककुमारी गुरुङले हस्तान्तरण गर्नुभएको थियो।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us