२०७९ जेष्ठ ५, बिहिबार
May 19, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

समाजवादी पार्टी जनयुद्धका मुद्दाहरूको वैचारिक उतराधिकारी पनि हो : सहअध्यक्ष श्रेष्ठ

दैलो न्युज दैलो न्युज
साउन १२, २०७६ १५:३१ मा प्रकाशित
समाजवादी पार्टी जनयुद्धका मुद्दाहरूको वैचारिक उतराधिकारी पनि हो : सहअध्यक्ष श्रेष्ठ
ShareTweetPin

१२ श्रावण, काठमाडौं । समाजवादी पार्टी, नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले समाजवादी पार्टी, नेपाल सङ्घीयताका लागि भएको मधेस जनविद्रोह, आदिवासी जनजाति, खस, थारु, शिल्पी लगायतको आन्दोलनको मात्र नभई दशवर्षे जनयुद्धका मुद्दाहरूको वैचारिक उतराधिकारी पनि भएको बताए ।  उनले उक्त कुरा यहि आइतवार काठमाडौँको खुसिबुँमा भएको अन्तक्र्रिया कार्यक्रममा बताएको हो ।    
कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले तत्कालिन नेकपा (माओवादी)ले जनयुद्धको उतर्राद्धमा उठाएका पहिचानसहितको सङ्घीयता, समानुपातिक समावेशीकरण, वर्गीय मुक्ति, समानता, स्वतन्त्रता तथा सबैखाले विभेद र असमानताको अन्त्य जस्ता युगान्तकारी परिवर्तनका प्रगतिशील मुद्धाहरु नेकपामा विसर्जन गरेको बताउँदै समाजवादी पार्टीले ती सबै मुद्दाहरूलाई नयाँ परिस्थितिमा समय सापेक्ष ढंगले उठाएको बताए ।
विचार सफ्टवेयर, सङ्गठन हार्डवेयर 
पार्टीका एक विचारक नेताको रूपमा परिचित नेता श्रेष्ठले जनतालाई नेपाली समाज परिवर्तनको मौलिक बाटो सम्मुनत सङ्घीय समाजवाद दिएको बताउँदै भने, ‘समुन्नत सङ्घीय समाजवादले समानुपातिक समावेशीकरण सहितको सङ्घीय राज्य बनाई राष्ट्रिय एकता मजबुत बनाउनुका साथै देशलाई समृद्धि, सुशासन र समाजवादको बाटोमा दोहर्याउँछ ।’ पार्टी निर्माणमा विचारको महत्त्वबारे उनले भने, ‘विचार सफ्टवेयर हो भने सङ्गठन हार्डवेयर । सहि बिचारले संगठनलाई मजबुत बनााउँछ ।’
आफ्नो पार्टीले लोकसेवा आयोगको समानुपातिक समावेशी विरुद्धको असंवैधानिक विज्ञापन, गुठी विधेयक, सम्पदा संरक्षण, मातृभाषामा शिक्षा, गैरन्यायिक सडक विस्तार लगायत सरकारको प्रतिगामी कदम विरुद्ध सडक र सदनमा आवाज बुलन्द गरेको बताउँदै यसको विरुद्ध सबैसँग मिलेर संयुक्त सङ्घर्ष गर्न तयार रहेको बताए । उनले जबसम्म देशमा दश जोड एकको राष्ट्रिय पहिचानसहितको सङ्घीयता स्थापित हुँदैन तबसम्म वर्तमान एकल जातीय राज्यविरुद्धको सङ्घर्ष जारी रहने बताए ।
पार्टी भनेको दुई चार जना नेताहरूको जमिन्दारी होइन ।
राजपासँगको एकीकरणबारे सोधेका जिज्ञासामा उनले वार्ता जारी रहेको तर निष्कर्षमा पुगी नसकेको बताए । उनले पत्रपत्रिकामा भएको अतिशयोक्ति प्रचारबारे आश्चर्य प्रकट गर्दै त्यसलाई आफ्नो पार्टीप्रति पत्रकार मित्रहरूको शुभेच्छाको रूपमा आफूले लिएको बताए ।
त्यसरी नै पार्टीको घोषणापत्रमा नयाँ ढंगको पार्टी दावी गरेको छ, तर तपाँईहरूको बलियो जनाधार रहेको तराइ मधेसमा कांग्रेस कम्युनिष्टमा जस्तै पुरानै सामन्ती शैलीमा व्यक्ति पुजा हुन थालेको छ, के नेताहरूको देवत्वकरण गरेर समाजवाद आउँछ भन्ने प्रश्नको जवाफमा श्रेष्ठले भने, ‘आफूहरू नेताहरूलाई ग्रेटम्यान ठान्ने वा देवत्वकरण गर्ने पक्षमा छैन । कतिपयले पारीपट्टीको सिको गरेको हुन सक्छ । नेपालमा त नेपाली काङ्ग्रेस जस्तो पुँजीवादी पार्टीले समेत कार्यक्रम गर्दा दिवंगत नेताहरूको सम्मानका लागि फोटो राख्ने गरे पनि कार्यक्रमको प्रचारका लागि बाहेक जीउँदा नेताहरूको राख्ने चलन छैन ।’
नेता श्रेष्ठले पार्टी भनेको दुई चार जना नेताहरूको जमिन्दारी नभएको बताउँदै समाजवादी संस्कृतिको विकास गर्न सबैभन्दा पहिला नेताहरूको आचरण सुघ्रिनु पर्ने बताए । उनले नेताहरूको व्यक्ति पुजाको शैलीबाट होइन सामुहिक नेतृत्व प्रणालीको आधारमा पार्टी चलाउनुपर्ने बताए । व्यक्ति पुजाको शैली पुँजीवादी शैली भएको बताउँदै उनले भने, ‘समाजवादी विचार बोकेका नेताहरूले सिद्धान्त मात्र नभई आफ्नो कार्यशैली पनि समाजवादी बनाउन सक्नु पर्छ ।’

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us