दमक,२४ साउन। अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर दमकमा तीन दिने वृहत कार्यक्रम हुने भएको छ ।
दमक पव्लिक लाईव्रेरी , दमक जेसीज र नगरपालिकाको संयुक्त आयोजनामा शनिवारदेखि तीन दिवसीय कार्यक्रम हुने भएको छ ।
लाईव्रेरीको गठित युथ टिमको छैठौ बार्षिक स्थापना दिवसका अवसर पारेर आयोजनामा हुने उक्त कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको यूथ टिमका अध्यक्ष दधिराम ढकालले जानकारी दिए ।
शुक्रवार लाईव्रेरीमा पत्रकार सम्मेलन गरि शनिवारदेखि सोमबारसम्म हुने विभिन्न कार्यक्रमहरुका वारेमा जानकारी दिएको हो । उनका अुनसार पहिलो दिन दमकको गोर्खा डिपार्टमेन्टको सभाहलमा उत्प्रेरणामूलक प्रशिक्षण हुनेछ ।
विहान ११ वजे हुने त्यस प्रशिक्षण कार्यक्रममा युवा अभियान्ता श्रृष्टि केसी र रोहित मल्लले सहजीकरण गर्ने छन् । त्यस्तै दोश्रो दिन लाईव्रेरीको कार्यालयमा शिक्षामा रुपान्तरण भन्ने विषयमा शैक्षिक अन्तरकृया र तेश्रो दिन खुल्ला दौड प्रतियोगिता गरि समापन गरिने अध्यक्ष ढकालले जानकारी दिएका छन् ।
त्यस अवसरमा लाईव्रेरीका अध्यक्ष भेषराज न्यौपाने, दमक जेसीजका अध्यक्ष भिम केसी लगायतले युवा दिवसको महत्वका बारेमा वोलेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-