दमक । झापा भद्रपुर घर भएका बिकास पाण्डे बैकका कर्मचारी हुन् ।
मिलेको ज्यान भएका बिकास पछील्लो समय प्राय दारीमा देखिन्छन् । बिकास सानै देखि चिटिक्क परेर हिड्ने गर्थे । बैकमा जागिरे भए पछी उनी झनै ठाटिएर हिड्न थाले । ग्लोबल आइ एम ई बैकमा काम गर्ने बिकासले अभिनय गरेको म्युजिक भिडीयोले यतिबेला बजार तताएको छ ।
मायालाई कमजोर रुपमा प्रस्तुत गरीएको भिडीयोमा माया सफल भएन भने मानिसले भोग्ने परिणाम देखाउन खोजिएको छ । बिकास को अभिनयको यतिबेला निकै चर्चा भइ रहेको छ ।
गायक प्रमोद खरेलको आवाज रहेको गीतमा संगित लाल बहादुर सुब्बाले भरेका छन् भने उक्त गीतलाई सुवास खनालले लेखेका हुन् । कृष्ण अनमोलले निर्देशन गरेको भिडीयोमा बिकास सहित टिका मगरान्ती,सुनिता परियार र प्रियन्का ठटाल को अभिनय रहेको छ ।
हेर्नुहोस् भिडीयो
प्रतिक्रिया लेख्नुहोस्:-