
२६ साउन, काठमाडौं । विज्ञापन खारेजीको माग राख्दै आरक्षण बचाउ आन्दोलन गर्ने सहभागी १९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंको भद्रकालीबाट आरक्षण बचाउ आन्दोलन गर्न भन्दै शान्तिपूर्ण जुलुससहित सिंहदरबारतर्फ जाने क्रममा उनीहरुलाई प्रहरीद्वारा पक्राउ गरिएको हो ।
आरक्षण बचाउ आन्दोलनले आइतबार सिंहदरबार घेराउको कार्यक्रम राखेको थियो ।
आन्दोलनमा सहभागी छन्त्याल संघका अध्यक्ष गोविन्द छन्त्याल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन लगायत अधिकारकर्मी १९ जना पक्राउ परेका हुन् ।
उनीहरुलाई भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-