दमक २८ । दमकस्थित मेची सहकारी संस्थाको आफ्नो २३ औं बार्षिकोत्सव तथा २५ औं साधारण सभामा प्रस्तुत हुने बार्षिक प्रतिवेदन आज सार्वजनिक गरिएको छ । संस्थाले दमकमा एक कार्यक्रम प्रतिवेदन सार्वजनिक गरिएको हो । संस्थाले उत्कृष्ट सदस्य , कर्मचारीहरुलाई पुरस्कृत समेत गरेको छ । प्रतिवेदनको प्रदेश नं १ सांसद अर्जुन रार्ई, संस्थाका सल्लाहकार तथा दमक नगरपालिकाका मेयर रोमनाथ ओली, कृषि सहकारी संघकी केन्द्रिय उपाध्यक्ष मिना ढकाल लगायतले संयुक्त रुपमा संस्थाको ७९ पृष्ठ लामो बार्षिक प्रतिवेदन सार्वजनिक गरेका छन् ।
संस्थाले बिशेष बचतमा चन्द्रकला ढकाल, नरमाया खड्का, यग्य प्रसाद गुरागाई, उमेश कटुवाल, टेक वा. श्रीपाली लाइ पुरस्कृत गरेको छ । वालवचततर्फ आरोही रिजाल, जोहनकार्की,साहिल राई, शिवम गुरागाई, सपना धिमाल, अंशू गौतम, अभिमन्यू चापागाई, दिरेस्मा ढुङ्गेल पुरस्कृत भएका छन् ।
उत्कृष्ट कर्मचारी
उत्कृष्ट कर्मचारी तर्फ युवराज दाहाल र रोमन लामिछाने पुरस्कार ग्रहण गर्दै ।
बचत तर्फ खेममाया ढुङ्गेल, गुणीमैया भट्टराई न्यौपाने, वलराम पनेरु, मेनुकाकार्की मिश्र, रेखा चौधरी, शान्तीजंग कार्की, सिताधिमाल, तेजमाया कटुवाल, देवीमाया राजवंशी, नविनकुमार ढकाल, लक्ष्मी क्षेष्ठ, मिना खतिवडा, पुरुष्त्तोम बन्जरा, प्रेम प्रकास सुवेदी, जिवनकुमारी इङनाम, देवराजधिमाल दिर्ध सिंह दाहाल, यसोदा नेपाल भण्डारी पुस्कृत भएका छन् ।
कर्जा कारोवार तर्फ अरुणा कार्की, सुुवास गुरागाई, पञ्चकुमारी वि.क., धर्मसिंह पौडेल, मिनवाथापा, हिमा देवी राई, कमला खड्काकार्की, टंक वा.भुजेल, चनमती राई, सुर्य वा. श्रेष्ठ, लिला नेम्वाङ्ग पुरस्कृत भए भने दिर्धका लीनबचत तर्फ दिलमायाकार्की, टिका प्रसादखनाल, रेमिट्रान्स तफ खड्ग वा. थापा चन्दकला कार्की एम्वुलेन्स पुरस्कार दिलमायाओली, गोमा देवीआचार्य फरक क्षमतातर्फ भिम तिम्सीना, कृर्षी पेशातर्फ डम्बर वा. खड्का, गिताओली कडेल र उत्कृष्ट कर्मचारी तर्फ युवराज दाहाल, रोमन लामिछाने पुस्कृत भएका छन् । त्यस्तै सामुदियक विद्यालयमा अध्ययनरत रोहिना प्याक त छात्र वृद्धि ले प्राप्त गरेकी छन् ।
प्रस्तुत प्रतिवेदनमाथि भाद्र ११ गते सम्म शेयर सदस्यहरुले लिखित रुपमास ुझाव र आग्रह गरिएको छ । संस्थाका व्यवस्थापक खोमप्रसाद वगालेले उत्कृष्ट सुझाव दिने दश जना शेयर सदस्यहरुलाई जनही एक हजार रुपैयाँका दरले भदौ १२ मा हुने साधारण सभामा पुरस्कृत गरिने जनकारी दिए ।
हाल सो संस्थामा ३ हजार ५ सय १४ जना शेयर सदस्य कायम रहेका र १४ करोड ५५ लाख ३९ हजार रुपैयाँको शेयर पुँजीसहित १ अर्ब ४५ करोड १७ लाख ४२ हजार ७५३ रुपैयाँको बार्षिक वासलात रहेको बताए । उनले बर्ष २०७६ लाई सदस्य बृद्धि बर्षका रुपमा मनाउँदै यसैबर्ष भित्र थप १ हजार ५ सय सदस्य संख्या पुरयाउने योजना पनि सुनाए । सदस्य संख्या विस्तार गर्दा एक व्यक्ति, एक प्रकृति एक सहकारीको नीति भित्र रहने प्रतिबद्धता पनि जनाए ।
सस्थाले सदस्यलाई प्राकृतिक विपत्तीमा दिईदै आएको सहयोग रकमलाई बढाएर १० हजार रुपैयाँ बनाउन प्रस्ताव गरिएको छ भने एकल महिलालाई एक पटकका लागि दिदैआएको १ हजार रुपैयाँ शेयर बोनसलाई बढाएर ३ हजार रुपैयाँ बनाउने प्रस्ताव छ । ज्येष्ठ सदस्यको बार्षिक १ हजार २ सय भत्तामा १ सय रुपैयाँ थप गरिएको छ । मृत्युमा परिवारजनलाई दिईआएको काजकिरिया खर्च २५ हजार २६ हजार रुपैयाँ बनाउने प्रस्ताव प्रतिवेदनमा उल्लेख गरिएको छ ।
मेचीसहकारीले ल्याएको सदस्य सुविधा अन्तरगतको सहकारी आवास कार्यक्रम अन्तर्गत यसैबर्ष २० वटा घर निर्माण सम्पन्न गरि घर नभएका संस्थाका शेयर सदस्य परिवारलाई उचित मुल्यमा किस्ताबन्दीमा ऋण तिर्ने गरी वितरण गर्ने योजनाको कार्यान्वयनमा जोड दिइएको छ । दमक ४ मा कूल १ विगाहा १६ कठ्ठ जग्गा खरिद गरी कूल ४८ वटा घर बनाउने सहकारीको लक्ष्य रहेको छ ।
प्रतिवेदन सार्वजनिक कार्यक्रममा वित्तिय अवस्थाबारे जानकारी दिदैं संस्थाका व्यवस्थापक खोम प्रसाद वगालेले आर्थिक बर्ष २०७५÷०७६ मा सो संस्थाले लिएको लक्ष्य भन्दा बढीनै उपलब्धी हासिल गर्न सफल भएको बताए । उनका अनुसार शेयर पुँजीमा अघिल्लो बर्षको तुलनामा सो बर्ष १९।७१ , निक्षेपमा २१।९४, कोषमा ६५।९९ प्रतिशत बृद्धि भएको भएको पनिसार्वजनिक गरे । गत आवमा संस्थाले आयकर, ब्याज कर, कर्मचारी पारिश्रमिक कर लगायतका विभिन्न शीर्षकमा करिब १ करोड ४३ लाख रुपैयाँ कर बुझाएको पनि उल्लेख छ ।
मेची सहकारीले बार्षिक साधारण सभाको अवसरमा प्रदान गर्दै आएको सम्मान तथा पुरस्कार हरुमा गणेश प्रसाद बस्नेत सहकारी अभियन्ता पुरस्कार सहकारी अभियन्ता रमेश पोख्रल त्यसै गरी गणेश प्रसाद बस्नेत स्मृति पत्रकारिता पुरस्कार पत्रकार डिकेश लामा,मेची सहकारी पत्रकारिता पुरस्कार पत्रकार विष्णु पौडेल र मेची सन्चार गृह पुरस्कार रेडियो भिजन बिर्तामोडलाइ प्रदान गरिने संस्थाले घोषणा गरेको छ । संस्थाका अध्यक्ष नारायण प्रसाद भट्टराईको अध्यक्षता भएको उक्त कार्यक्रममा उलेख्यमात्रमा सेयर सदस्यको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-