२०७९ जेष्ठ ६, शुक्रबार
May 20, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

पोखेरली तमुहरुले धुमधामका साथ ट्होटे मनाए,

दैलो न्युज दैलो न्युज
साउन २८, २०७६ १७:०२ मा प्रकाशित
पोखेरली तमुहरुले धुमधामका साथ ट्होटे मनाए,
ShareTweetPin

हुम तमु
पोखरा, २८ साउन
साउनको अन्तिम मंगलवार तमुहरुले पोखरामा परम्परागत साँस्कृतिक पर्व ट्होटें धुमधामका साथ मनाए। तमु धिं नेपालको आयोजनामा पोखरा १ बगर टुडिखेलबाट साँस्कृतिक झाँकी, बाजागाजासहित विन्दबासिनी भैरबटोल, सिद्धार्थचोक, चिप्लेढुंगा, महेन्द्रपुल नयाँबजार हुदै तमु धिं नेपालमा आयोजिट ट्होटें समारोहमा विविध कार्यक्रम गरी ट्होटें मनाएको हो। 
पुरानो टुडिखेलमा आयोजित कार्यक्रममा तमु खेगीहरुले पितृहरु र भुमिको पुजा एवम प्रमुख अतिथि गण्डकी प्रदेशका उद्योग, पर्यटन, बन तथा बातावरण मन्त्री विकास लम्साल, तमु धिं नेपालकी अध्यक्ष कर्म तमु, साँस्कृतिक संयोजक मेनकाजी गुरुङ लगायत क्षेत्रीय तमु समाजका अध्यक्षहरुले धुप हाली ¥याली शुरु गरिएको थियो। 
तमु धिंमा आयोजित समारोहको दीप प्रज्वलन गरी उद्घाटन गर्नुहुदै प्रमुख अतिथि मन्त्री लम्सालले ट्होटेंको शुभकामना व्यक्त गर्नुभयो। उहाँले ट्होटेंको साँस्कृतिक परम्परागत महत्वका बारेमा समेत प्रष्ट्याउनुभएको थियो। 
मन्त्री लम्सालले गण्डकी प्रदेशलाई साँस्कृतिक सम्बृद्ध प्रदेश बनाउने बताउनुभयो। प्रदेशको समृद्धिको पहिलो प्राथमिकता पर्यटन र पर्यटन विकासका लागि सँस्कृतिक महत्वपूर्ण भएकाले सँस्कृति संरक्षण, सवद्र्धन र विकास गरी प्रदेश एवम मुलुकलाई समृद्ध बनाउन सबै जुट्नुपर्नेमा जोड दिनुभयो । पर्यटकलाई आकर्षण गर्ने सँस्कृति तमुहरुसँग भएकाले गुरुङ साँस्कृतिक संग्रहालय निर्माण गरी सँस्कृति गर्ने पहल सरकारले गर्ने उद्घोष गर्नुभयो। तमुहरुको सभ्यता, सँस्कृति विकास भएको क्होला सोथरको गुरुयोजना बनाउन सरकारले ५० लाख बजेट छुट्याई काम भईरहेको र क्होलो सोथरको थप अध्ययनका पहल गरिर्ने बताउनुभयो। भाषा सँस्कृतिको संरक्षण जिम्मेवारी सरकारकै भएकाले आफुहरु संवेदनशील रहेको बताउनुहुदै पर्यटन प्रवद्र्धन, आयआर्जन र रोजगारीका लागि होमस्टे सञ्चालनमा गुरुङको अग्रणी भुमिका रहेको बताउनुभयो। प्रदेश सरकारले १० लाख सहयोग गर्दा तमुहरुले एक करोड बढी सहयोग जुटाएर काम गरेको उहाँको भनाई थियो। 
प्रकृतिसँगै साइनो गाँसेर बसेका सँस्कृतिका धनी गुरुङहरुमा अतिथि सत्कार संस्कार र मौलिक सँस्कृतिले पर्यटक आकर्षिक भईरहेको बताउनुभयो। गुरुङ समुदायको पहिचान भनेकै एकता, सामुदायिकता, इमान्दारिता र लगनशीलता भएकाले जति जातिय भनिए पनि उचित निर्णय गर्छन भन्दै प्रसंसा समेत गर्नुभयो। 
प्रदेशको समृद्धिको पहिलो प्राथमिकता पर्यटन, दोश्रो उर्जा, तेस्रो कृषि, चौथो उद्योग प्रवद्र्धनसहित दक्ष जनशक्ति, सुशासन र रोजगारी सिर्जनालाई प्राथमिकतामा रोखेको बताउनुभयो। प्रतिव्यक्ति आय एक हजार डलरबाट आगामी तीन वर्षमा दुइहजार पाँचसय डलर पु¥याउने सरकारको लक्ष्य रहेको मन्त्री लम्सालले जानकरी दिनुभयो। 
गुरुङ समुदायको प्रशंसा गर्दै उहाँले जातिय भनिए पनि सही निर्णय गर्ने आफ्नो विश्लेषण भएको बताउनुभयो।प्रदेशको नामाकरणमा नाम समावेश गर्न नसके पनि अधिकार कसैले खोस्न सक्दैन, आन्दोलन होइन समन्वय गरी समृद्धिका लागि अघि बढ्न आग्रह गर्नुभयो। अधिकारका आवाज उठाउनु पर्दछ, आन्दोलन गर्नुपर्ने अवस्था छैन भन्नुहुदै मन्त्री लम्सालले आफ्नो पार्टीको दुइ तिहाई सरकार भए पनि संविधान कार्यान्वयनमा आफुहरु नै जुध्नुपरिरहेको जानकारी दिनुभयो। 
कार्यक्रममा शुभकामना व्यक्त गर्नुहुदै कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले संस्कृति संरक्षण र प्रवद्र्धनका लागि राज्य लाग्नुपर्ने बताउनुभयो। पर्यटनको आधार नै सँस्कृति भएकाले ट्होटे जस्ता सँस्कृतिहरुको संरक्षण र विकास जरुरी रहेको उहाँको भनाई थियो। प्रजिअ बुढाले चित्त नबुझेका विषयमा शान्तिपुर्ण माग राख्न पाउने बताउनुभयो। 
लण्डन बोरो अफ बार्नेट काउन्सिलका उपमेयर लक्ष्यबहादुर गुरुङले शुभकामना दिनुहुदै मुलुक समृद्धिका लागि विकसित राष्ट्रहरुले जस्तै मुलुक बाहिरा रहेका नेपालीहरुलाई समन्वय गर्नु सुझाव दिनुभयो। नेपाल राष्ट्र नबोलेका कारण गोर्खाजले समाज अधिकार प्राप्त नगरेको बताउनुभयो। व्यक्ति बोलेर हुदैन,दुई राष्ट्र बिचको विषयमा नेपाल सरकारले मेरो नागरिकलाई किन विभेद, अन्याय भयो भनि बोल्न सक्नुपर्ने बताउनुभयो।तमु धिं नेपालद्वारा सम्मानित उपमेयर गुरुङले स्वागत सम्मानका लागि आभार व्यक्त गर्नुभयो। 
नेपाल आदिवासी जनजाति महासंघ कास्कीका अध्यक्ष धर्म गुरुङले शुभकामना व्यक्त गर्नुहुदै समानता, अधिकार प्राप्तिका लागि आदिवासी जनजातिको एकता र सचेतनाको आवाश्यकता रहेको बताउनुभयो। 
तमु धिं नेपालका उपाध्यक्ष हुमबहादुर गुरुङले ट्होटें पर्वका बारे जानकारी र आदिवासी जनजातिका अधिकार, जागरणका बारेमा मन्तव्य व्यक्त गर्नुहुदै लोकसेवा आयोगको असंवैधानिक विज्ञापन विरुद्ध कस्केली आन्दोलित हुने उद्घोष गर्नुभयो।
कार्यक्रममा युके लण्डन बोरो अफ बार्नेट काउन्सिलका उपमेयर लक्ष्यबहादुर गुरुङ र धर्मपत्नी शोभा गुरुङलाई एवम प्रबल जनसेवा पदकबाट सम्मानित तमु धिं नेपाल केन्द्रीय आमा समितिकी उपाध्यक्ष पवित्रा गुरुङलाई सम्मानपत्रद्वारा प्रमुख अतिथि मन्त्री लम्सालले सम्मान गर्नुभएको थियो। 
तमु धिं नेपालकी अध्यक्ष कर्म तमुको अध्यक्षतामा भएको कार्यक्रममा साँस्कृतिक संयोजक मेनकाजी गुरुङले स्वागत र सचिव अधिवक्ता जुनाकुमारी गुरुङले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। 
उक्त कार्यक्रममा बगर तमु समाज संस्थापक अध्यक्ष क्या.रक्षबहादुर गुरुङले एक लाख, फूलवारी तमु समाजले ५० हजार, सिमपानी तमु समाजले ५० हजार, पैयुखोला तमु समाजले ५० हजार रुपैया तमु धिं नेपालको आकस्मिक राहतकोषका लागि सहयोग हस्तान्तरण गर्नुभएको थियो। 
ट्होटें ¥याली प्रतियोगितामा चिउली पाचे तमु समाज प्रथम हुदै १५ हजार नगद, ट्रफीसहित पुरस्कृत भयो भने ताङतिङ दुधपोखरी तमु समाज दोश्रो हुदै १० हजार नगद ट्रफी र फूलवारी तमु समाज तृतिय हुदै ५ हजारसहित ट्रफी प्रमाणपत्रले विशेष अतिथि लण्डनका उपमेयर लक्ष्यबहादुर गुरुङले पुरस्कृत गर्नुभयो। 
यस्तै गरी प्रतियोगितामा तनहुँ तमु समाज, याङजाकोट तमु समाज, बगर तमु समाज तेश्रो र घाँटु संरक्षणका लागि आँधीखोला तमु समाज र झोरा संरक्षणका लागि कोल्मा बहाकोट तमु समाजलाई जनही तीन, तीन हजारसहित पुरस्कृत गरिएको थियो। 
कार्यक्रममा फूलवारी तमु समाजले ट्होटें झाँकी, सिमपानी तमु समाजले ट्होटे नृत्य, आँधीखोला तमु समाजले घाँटु, कोल्माबहाकोट तमु समाजले झोरा सहित चिउली पार्चे तमु समाज, ताङतिङ दुधपोखरी तमु समाज, नादा तमु समाज, कोल्माबहाकोट तमु समाज लगायतले विविध साँस्कृतिक प्रस्तुती गरेका थिए। ट्होटें ¥यालीमा पहिलो पटक विद्यालयको तर्फबाट कञ्चनजंगा इग्लििस बोर्डिङ, बालविद्या मन्दिर बोर्डिङ स्कुलको सहभागीता रहेको थियो। 
ट्होटेंमा आयोजित र्यालीको प्रथम पुरस्कार तमु धिं नेपालका संरक्षक तथा बरालडाडा तमु समाजका अध्यक्ष क्या.ढोलबहादुर तमु, द्धितिय पुरस्कार पैयुखोला तमु समाजका अध्यक्ष हवल्दार बलबहादुर तमु, तेश्रो पुरस्कार नागबेली तमु समाजका अध्यक्ष विष्णुकुमार तमु, सान्त्वना पुरस्कारहरु सिमपानी तमु समाजका अध्यक्ष नासु गंगाबहादुर तमु, फिर्के तमु समाजका अध्यक्ष क्या.डम्बरबहादुर तमु, ब्रेज मेश्रो घान्द्रुक तमु समाजका अध्यक्ष हितकाजी तमु, फूलवारी तमु समाजका अध्यक्ष हवल्दार तिलबहादुर तमु, भिमकाली पाटन तमु समाजका अध्यक्ष भक्तबहादुर तमु र तमु धिं नेपाल केन्द्रीय आमा समिति अध्यक्ष हरिमाया तमुले प्रायोजन गर्नुभएको थियो। यसरी नै उत्कृष्टहरुलाई ट्रफी पोखरा क्रियटिभ अवार्डले सौजन्य, पिउने पानी तमु धिं नेपालका केन्द्रीय सदस्य नारायण तमु र ढुंगा रेष्टुरेण्टका संचालक राजेश तमुले प्रायोजन गर्नुभएको थियो भने मेधा कार्डियाक सेन्टरले प्राथमिक उपचारको सेवा प्रदान गरेको थियो।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us