पोखरा, २९ साउन
लोक सेवा आयोगको असंवैधानिक विज्ञापन विरुद्ध नेपालका आदिवासी जनजाति, दलित, मधेशी, मुश्लिम आन्दोलनरत छन्।
समावेशी अधिकार र आरंक्षण संरक्षणका लागि आन्दोलन अन्र्तगत साउन ३२ गते देशका मुख्य शहरहरुमा लाठी प्रदर्शन गर्ने कार्यक्रम अन्र्तगत पोखरामा पनि लाठी प्रदर्शन गरिने भएको हो।
नेपाल आदिवासी जनजाति महासंघ कास्कीको बुधवार सम्पन्न बैठकले खोसिन लागेको अधिकार सुरक्षाका लागि लाठी जुलुस गर्ने निर्णय गरेको हो।
साउन ३२ गते पोखरा ११ दुरसंचार अगाडिबाट बेलुका ४ बजे लाठी जुलुस प्रर्दशन गर्दै कोण सभा गर्ने महासंघ कास्कीका अध्यक्ष धर्म तमुले जानकारी दनुभयो।
विगतदेखि विभेदमा पारिएका आदिवासी जनजाति लगायतका समुदायका लागि समावेशीताको अधिकार अन्र्तगत आरक्षणको व्यवस्थालाई अपमान गर्दै प्रकाशन गरेको लोक सेवा आयोगको विज्ञापन खारेज नगरे सशक्त आन्दोलन गर्ने चेतावनी अध्यक्ष तमुले जानकारी दिनुभयो।
प्रतिक्रिया लेख्नुहोस्:-