२०७९ जेष्ठ ७, शनिबार
May 21, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

फष्ट पेक अन्तर कलेज बास्केटवलको उपाधि पिएनलाई

दैलो न्युज दैलो न्युज
साउन ३०, २०७६ १८:३१ मा प्रकाशित
फष्ट पेक अन्तर कलेज बास्केटवलको उपाधि पिएनलाई
ShareTweetPin

३० साउन, पोखरा । प्रथम पोखरा इञ्जिनियरिङ कलेज अन्तर कलेज बास्केटवल प्रतियोगिता २०७६ को उपाधि पृथ्वीनारायण क्याम्पस बिबिएसले जितेको छ।

पोखरा इञ्जिनियरिङ कलेजमा रहेको स्वतन्त्र विद्यार्थी परिषदले पहिलो पटक आयोजना गरेको प्रतियोगितामा पृथ्वीनारायण क्याम्पस बिबिएसले आयोजक पोखरा इञ्जिनियरिङ कलेजलाई ६५–४७ स्कोरले पराजित गर्दै उपाधिसहित ३० हजार नगद, ट्रफी, मेडल, प्रमाणपत्रसहित पुरस्कृत बन्यो। १५ कलेज टिमको सहभागीता रहेको प्रतियोगिताको उपविजेता पोखरा इञ्जिनियरिङ कलेजले १५ हजार नगद, ट्रफी, मेडल प्रमाणसहित पुरस्कृत भएको छ। साउन २८ गतेबाट शुरु भएको प्रतियोगितामा पृथ्वीनारायण क्याम्पसका डिमन पुन सर्वोत्कृष्ठ खेलाडी घोषित हुदै पुरस्कृत भए।

विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशकी उपसभामुख सिर्जना शर्मा, विशेष अतिथि कलेजका प्रमुख इञ्जिनियर लेखबहादुर गुरुङ, प्रमुख प्रसासक चिजकाजी गुरुङ, बास्केटबल संघ कास्कीका अध्यक्ष धोजकुमार गुरुङ र स्वतन्त्र विद्यार्थी परिषदका सभापति किशोर सुवेदीले पुरस्कार वितरण गर्नुभएको थियो।

समापन कार्यक्रममा प्रमुख अतिथि उपसभामुख सिर्जना शर्माले विजेता खेलाडीलाई बधाईका साथै प्रतियोगितामा सहभागी खेलाडीहरुलाई आफ्नो प्रतिभा प्रस्फुटनका साथै खेलबाट राष्ट्रलाई योगदान पुर्याएको बताउनुभयो। खेलले नाम र पहिचान दिने बनाउनुहुदै युवा तथा खेलाडीहरुले उचो मनोबलका साथ खेल मार्फत मुलुक समृद्धिमा सघाउन आग्रह गर्नुभयो। उहाँले खेल विकासका लागि प्रदेश सरकारले पोखरामा रंगाशाला, खेलकुद एकेडेमी, क्रिकेट मौदान निर्माणका लागि जुटेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, प्रदेशका युवा शक्तिलाई शसक्त बनाउन सरकारले एक करोड बजेट छुट्याएको बताउनुभयो। उहाँले विद्यार्थीहरु संगठित बन्दै खेलकुदसँगै शैक्षिक उन्नयनका लागि जुट्नुपर्नेमा जोड दिनुपर्नेका साथै पोखरा इञ्जिनियरिङ कलेजको स्वतन्त्र विद्यार्थी परिषद र विद्यार्थीहरुको योगदान प्रसंशा समेत गर्नुभयो।

विशेष अतिथि कलेजका प्रमुख इञ्जिनियर लेखबहादुर गुरुङले खेलकुदसँगै हरेक क्षेत्रमा विद्यार्थीहरु उत्कृष्ठता हासिल गर्ने पहल गर्नुपर्ने बताउनुभयो। उहाँले कलेजको विद्यार्थी परिषदले पहिलो पटक अन्तरकलेज बास्केटबल आयोजना गरेर विद्यार्थीको खेल कौशल प्रस्तुतका साथै कलेज कलेजको सम्बन्ध गाँस्न योगदान पुर्याएको भन्दै खुशी व्यक्त गर्नुभयो।

बास्केटबल संघ कास्कीका अध्यक्ष धोजकुमार गुरुङले विजेता खेलाडीहरुलाई बधाई ज्ञापन गर्नुहुदै खेलकुदको महत्वको चर्चा गर्नुभयो। खेलकुदले अुनशासन, नेतृत्व विकास, टिमवर्क, प्रतिभा प्रष्फुटनका साथै आफ्नो र राष्ट्रको पहिचान गराउने बताउनुभयो। अध्यक्ष गुरुङले बास्टेकबल प्रतियोगिताको निरन्तरताको शुभकामना दिनुहुदै आगामी दिनमा बास्केटबल संघ सघाउन तयार रहेको प्रतिवद्धता व्यक्त गर्नुभयो।

पोखरा इञ्जिनियरिङ कलेज, स्वतन्त्र विद्यार्थी परिषदका सभापति किशोर सुवेदीको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रतियोगिता संयोजक सागर रानाभाट(समिप)ले स्वागत र परिषदका सदस्य सलिना गौतमले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us