२०७९ भदौ २, बिहिबार
August 18, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

भदौ १५ गते लिगलिगकोट देखि गोरखा दरबारसम्म म्याराथुन दौड

दैलो न्युज दैलो न्युज
भदौ २, २०७६ १३:४७ मा प्रकाशित
ShareTweetPin

‘नेपालको उत्पत्तिदेखि जगसम्म’ भन्ने नाराका साथ प्रसिद्ध ऐतिहासिक स्थल लिगलिगकोटदेखि गोरखा दरबारसम्म म्याराथुन दौड हुने भएको छ । गोरखा नगरपालिका, पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका र नेपाली सेनाको रणसिँह दल गणको आयोजनामा भदौ २५ गते दौड प्रतियोगिता हुन लागेको हो ।

इतिहास र पर्यटनको प्रबद्र्धनका लागि नेपाल भ्रमण बर्ष २०२० को पूर्वसन्ध्यामा ‘लिगलिगकोट सिरानचोककोट गोरखा दरबार खुल्ला म्याराथुन दौड’ आयोजना गरिएको गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले जानकारी दिए ।

लिगलिगकोट पालुङ्टार नगरपालिकामा, सिरानचोककोट सिरानचोक गाउँपालिकामा र गोरखा दरबार गोरखा नगरपालिकामा पर्ने भएकाले तीनवटा स्थानीय सरकारले दौडको आयोजना गरेका हुन् । साथै नेपाल एकीकरण अभियानमा पहिलो पटक लिगलिगकोटमा सेनाको गण तयार गरेको इतिहासको सम्झनामा सो म्याराथुन दौड प्रतियोगितामा नेपाली सेनाको पनि सहकार्य रहेको गणपति लेफ्टिनेण्ट कर्णेल उज्ज्वल केशीले जानकारी दिए ।

लिगलिगकोटबाट सुरु हुने दौड सिरानचोक गाउँपालिका हुँदै ३८ किलोमिटर पूरा गरी गोरखा दरबारको हनुमान भन्ज्याङमा पुगेर टुंगिने मेयर राजनराज पन्तले बताए ।

नेपाल एकीकरणको उद्गम थलो गोरखाको इतिहास जगेर्ना गर्दै पर्यटन प्रबद्र्धनमा सघाउने उदेश्यका साथ प्रतियोगिता आयोजना गरेको पालुङ्टार नगरपालिकाका मेयर दीपकबाबु कँडेलले बताए । ‘हामीले इतिहासको माध्यमबाट राष्टिूय एकताको स्मरण गराउने प्रयास गरेका हौं’, उनले भने ‘पृथ्वी नारायण शाहले एकीकरण गर्ने क्रममा गोरखाबाट नुवाँकोट, हनुमानढोका दरबारसम्म पुगे । यी ठाउँहरुलाई समेत जोडेर युनिफिकेसन टूेलका रुपमा विकास गर्ने विषयमा पनि हामी छलफलमा छौं ।’

तीन पालिकाभित्र रहेको ऐतिहासिक महत्वका क्षेत्र समेटेर दौडको रुट तय गरेको सिरानचोक गाउँपालिकाका प्रमुख राजु गुरुङले बताए । ‘यी क्षेत्रका गढी किल्लाको संरक्षण तथा पर्यटन प्रबद्र्धनका लागि म्याराथुनले सहयोग गर्ने विश्वास लिएका छौ’, उनले भने ‘सिँगो नेपाल निर्माणको सुरुवात गोरखाबाट भएको छ । नेपालको उत्पत्ति लिगलिगकोटबाट भएको छ । जग गोरखा दरबारमा तयार भएको छ भने हामीले यसको प्रवद्र्धन किन नगर्ने ? त्यसैले यसलाई एकीकरण पदमार्ग(युनिफिकेशन टूेल)को नाममा विकास गर्ने उद्देश्यले हरेक बर्ष म्याराथुन दौड प्रतियोगिता गर्ने लक्ष्य छ ।’
प्रतियोगितामा सहभागी हुन चाहनेले तीनवटै पालिका अथवा रणसिंह दलमा भदौ २४ गतेसम्म नाम दर्ता गर्न सक्नेछन् ।
३८ किलोमिटर दुरीको उक्त दौड प्रतियोगिताका दश विजेतालाई पुरस्कृत गरिने भएको छ । आयोजकका अनुसार प्रथम पुरस्कार नगद १ लाख ५० हजार, द्वितीय पुरस्कार नगर १ लाख र तृतीय पुरस्कारको राशी नगर ५० हजार रुपैयाँ छ ।

प्रतियोगिता गर्न करिब दश लाख खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगिताका लागि तीन पालिकाले तीन / तीन लाख रुपैयाँ विनियोजन गरेका छन् । रणसिंह दल गणले एक लाख रकम उपलब्ध गराउने रणसिंह दल गणका प्रमुख उज्वल केसीले बताए । प्रतियोगिता सञ्चालनका लागि मूल समिति र सञ्चालक समिति बनाएर काम सुरु गरेको उनको भनाई छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

प्रतिगमनको नयाँ संस्करण आउने संकेत देखिरहेको छु : बाबुराम भट्टराई

प्रतिगमनको नयाँ संस्करण आउने संकेत देखिरहेको छु : बाबुराम भट्टराई

अख्तियारले  छापामार शैलीमा मुख्यमन्त्रीको कार्यालयमा छापा मार्‍यो : जसपा

अख्तियारले  छापामार शैलीमा मुख्यमन्त्रीको कार्यालयमा छापा मार्‍यो : जसपा

कांग्रेस काठमाडौंको पालिका अधिवेशन असोज १६ मा हुने

एमाले विधान महाधिवेशन : तीन प्रतिवेदनमाथि आज समूहगत छलफल

एमाले विधान महाधिवेशन : तीन प्रतिवेदनमाथि आज समूहगत छलफल

सर्वाधिक पढिएका

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ
राजनीति

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

भर्खरै

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us