झापा ५ भदौ / झापाको दमकमा रहेको दमक उद्योग बाणिज्य संघ को २९ अौ स्थापना दिवस तथा २८ औ साधारण सभा शुक्रबार सुरु हुदैछ । दमकका ब्यापारी हरुको छाता सस्थाको रुपमा लिईएको साधारण सभाले निर्वाचन समिति समेत बनाएर आगामी ३ बर्षका लागि नयाँ कार्य समिति समेत चयन गर्ने साधारण सभा सञ्चालन समितिका सयोजक बिमल खतिवडा ले जानकारी दिए ।
दमक स्थित कस्मिक पाटीप्यालेस मा हुने साधारण सभाको उद्घाटन राष्ट्रिय उद्योग महासंघका उपाध्यक्ष शेखर गोल्छाले गर्ने कार्यक्रम रहेको खतिवडाले जानकारी दिए। साधारण सभा पछि दमकमा चुनाब हुने जनाईएको छ। स्रोतका अनुसार बाणिज्य संघको निर्वाचन आगामि भदौ २० गते गर्ने सहमति जुटेको जनाईएको छ।
निर्वाचनमा प्रगतिशील र लोकतान्त्रिक गरि दुई प्यानल बिचमा कडा प्रतिस्पर्धा हुने ब्यापारी हरु बताउ छन् । साधारण सभा सुरु हुन लागे सगै दमकमा यतिखेर निर्वाचनको चहल पहल बडेको छ।
दमकमा चिया पसल देखि हरेक पसलमा चुनावको चर्चा हुन थालेको छ। नेकपा को समर्थनमा रहेको प्रगतिशील र काङ्ग्रेस तथा अन्य साना दलको समर्थनमा रहेको लोकतान्त्रिक प्यानल बिच कडा प्रतिस्पर्धा हुने अनुमान गर्न थालिएको छ।
दुबै प्यानलले आफना उमेद्वार हरुको औपचारिक रुपमा सार्वजनिक गरेका छैनन् ।तर अनौपचारिक रुमा ब्यापारीहरु भोट माग्न थालिसकेका छन।
यस्तो छ प्रारम्भिक नामावली
नेकपा निकट प्रगतिशील प्यानलमा
सत्तारुढ नेकपा ले उमेदवार टुङ्ग्याउन सकस परेको छ। नेकपा स्रोतका अनुसार अध्यक्षमा संघका वर्तमान अध्यक्ष राजेन्द्र ढकाललाई नेकपाले उम्मेदवार वनाउने भएको छ ।
अध्यक्षमा दुई जना आकांक्षीवीच सहमति जुटे सगै ढकाल उम्मेदवार वन्ने वाटो खुलेको हो । ढकालसंगै संघका वर्तमान वरिष्ठ उपाध्यक्ष विमल खतिवडा अध्यक्ष को आकांक्षी थिए। खतिवडाले आफनो दावी छाडेपछि अध्यक्षमा ढकाल उम्मेदवार वन्ने पक्कापक्की भएको स्रोतको दावि छ। भने अन्य सदस्य भने टुङ्गो नलागेक नेकपा स्रोतले जनाएको छ। नेकपा निकट उमेदवार छनोट समिति का सयोजक धुर्व भट्टराई का अनुसार आफुहरु भित्र छलफल चलिरहेकाले चाडै उमेदवारको नाम सार्वजनिक गर्ने बताए । निर्वाचनमा नेकपा एकल लड्ने भएको छ ।
यता नेपाली काङ्ग्रेस निकट व्यावसायी हरुको लोकतान्त्रिक व्यवसायीहरुले भने संघका पूर्व प्रथम उपाध्यक्ष गोकुल श्रेष्ठलाई उम्मेदवार वनाउने यसअघि निर्णय गरिसकेको थियो। श्रेष्ठ वाणिज्य संघका अध्यक्ष ढकालसंग अघिल्लो निर्वाचनमा प्रतिष्पर्धी थिए ।
नेकपा विरुद्ध नेपाली कांग्रेस, समाजवादी नेपाल,राप्रपा, संघीय लिम्बुवान पार्टी निकटका व्यवसायीहरुले भने संयुक्त गठबन्धन गरि निर्वाचनमा जाने भएका हुन् । स्रोतका अनुसार वरिष्ठ उपाध्यक्षमा सुरज आचार्य ,प्रथम उपाध्यक्ष राजु खड्का,द्धितीय उपाध्यक्षमा कुमार निरौला र तृतीय उपाध्यक्ष रमा लिम्बु उम्मेदवार वन्ने छन् । संघका कार्यसमिति सदस्य खड्का समाजवादी , निरौला राप्रपाको गठबन्धनबाट उम्मेदवार भएका हुन् । त्यसमध्ये पूर्व कार्यसमिति सदस्य व्यवसायी आचार्य यमाहा शोरुमका सञ्चालक हुन् भने हालकी कार्यसमिति सदस्य लिम्बु पदाधिकारीमा हालसम्मकै प्रथम महिला उम्मेदवार हुन् । नेकपाका व्यवसायीले उम्मेदवार घोषणा गरेलगत्तै लोकतान्त्रिक गठबन्धनले पनि उम्मेदवार सार्वजनिक गर्ने जनाएका छन् ।
संघको यहि भदौ ६ गते हुने २८ औं वार्षिक साधारण सभा र २९ औं स्थापना दिवस नमाउदै छ । त्यस साधारणसभाले निर्वाचनको मिति तय गर्ने जनाईएको छ ।निर्वाचन भदौ २१ गते हुने लगभग निश्चित छ । यसपटक संघमा करिव २७ सय व्यवसायीले मतदानमा भाग लिने छन् । यश पटक सङ्को निर्वाचनमा दुबै पक्षको कडा प्रतिस्पर्धा हुने देखिएको छ। ढकाल र श्रेष्ठ लामो समय देखि दमकमा ब्याबसाय गर्दै आईहेका छन।
प्रतिक्रिया लेख्नुहोस्:-