दमक भदौ १२ । झापाको दमकमा हुन गईरहेको दमक उद्योग वाणिज्य संघको निर्वाचनमा खुल्ला सदस्यका उम्मेद्वार हुन् निवासी तुलसीराम तिम्सिना ।
झापा दमक ८ निवासी बुवा कृष्ण तिम्सिना र आमा पुष्पा तिम्सिनाको कोख बाट कान्छो सन्तान रुपमा वि.स २०४३ सालमा जन्मिएका तिम्सिनाले प्रारम्भिक शिक्षा दमकको सिदार्थ अगे्रजी विध्यालय बाट सुरु गरेका तिम्सिनाले एस. एल. सी. दमककै ग्लोबल एजुकेशन एकेडेमी बाट उत्तिण गरे । पछी उच्च शिक्षाको लागी दमक बहुमुखी क्याम्पसमा अध्ययन गरे । सानै उमेर देखी ब्यवसायमा लागेका तिम्सिनाले ब्यवसाय सगै बिभिन्न संस्थाको नेतृत्व गरी सकेका छन् । एक छोरा एक छोरीका पिता तिम्सिना कस्मिक पार्टी प्यालेस सथै नुतन एग्रो इडस्ट्रिजका लखनपुका संचालक हुन् ।
लायन्स क्लब अफ इस्र्टन लायनको अध्यक्ष समेत रहेका तिम्सिना हाम्रो बाल आश्रम, रोटरी क्लब अफ दमकको सदस्य साथै विभिन्न संघ सस्थामा रहेर नेतृत्व बहन गर्दै आएका सफल युवा ब्यबसायी तुलसीराम तिम्सिना आसन्न दमक उद्योग वाणिज्य संघको निर्वाचनमा लोकतान्त्रिक प्यानल गोकुल श्रेष्ठको नेतृत्व अन्तर्गत सदस्यमा उम्मेद्बार बनेका छन् ।
युबा ब्यबसायी तिम्सिनालाइ युवाहरूको प्रतिनिधित्व गर्ने एक अब्बल ब्याक्तिका रुपमा हेरीएको छ । सकारात्मक बिचारका धनी तिम्सिनाले सामाजिक कार्यहरुमा साथ र सहयोग पुर्याउदै आएका छ्न। पछील्लो समयमा ब्यवसायमा युवा पुस्ताको अकर्षण बढ्दै गएको बेला ब्यवसायीक संगठनमा रही ब्यपारीको हक हितको लागि आफु उम्मेद्बार भएको तिम्सिनाले बताएका छन् ।

उद्योग बाणिज्य संघमा हाम्राे उम्मेदवारी किन ?
उद्याेगी,व्यवसायी र उपभोक्ताकाे प्रजातान्त्रिक हक,हित रअधिकारकाे सुनिश्चितताका लागि । उपभोक्तालाई गुणस्तरीय वस्तु ,सेवा,सुविधाको सर्वसुलभताका लागि। व्यवसायी तथा उपभोक्ता मैत्री वातावरण सिर्जना गरि व्यवसाय विकासकासाथ दमकलाई अात्मनिर्भर बनाउने वातावरण सिर्जना गर्न। उद्यागी, व्यवसायी र उपभोक्ताबीच मैत्रीभाव विकास गरी दमककाे सर्वाङ्गीण विकासमा टेवा पुर्याउन स्वस्फूर्त कर जम्मा गर्ने वातावरण विकास गर्न। व्यापार,व्यवसाय,उद्योग ,कलकारखाना र खरिदबिक्रीमा हुने र हुन सक्ने विकृति ,विसंगति ,बाधा अड्चनकाे अन्त्य गरि प्रदुषणरहित स्वच्छ वातावरणमा दमकबाट राज्यकाे विकासमा याेगदान गर्न।
प्रतिक्रिया लेख्नुहोस्:-