२०७९ भदौ २, बिहिबार
August 18, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

दमक उद्योग वाणिज्य संघमा पहिलाे पल्ट महिला उम्मेद्वार

दैलो न्युज दैलो न्युज
भदौ १२, २०७६ १३:५४ मा प्रकाशित
दमक उद्योग वाणिज्य संघमा पहिलाे पल्ट महिला उम्मेद्वार
ShareTweetPin

दमक । झापा दमकमा लगातार २० बर्षदेखि व्यवसाय सञ्चालन गर्दै विभिन्न क्षेत्रमा लगानीकर्ताको समेत पहिचान बनाएकी उद्यमी व्यवसायी नेतृ रमा लिम्बु दमक –१ की स्थायी बासिन्दा हुन् । बुबा छत्र बहादुर आङदेम्बे र आमा तौरमायाका ४ छोरा र ३ छोरी मध्ये माइली छोरीका रुपमा जन्मिएकी लिम्बुले दमकको हिमाविबाट २०५५ सालमा एसएलसी उत्तिर्ण गरेकी हुन् ।

भदौ २० मा हुने दमक उद्योग वाणिज्य संघको निर्वाचनमा संयुक्त लोकतान्त्रिक प्यानलबाट पदाधिकारीमा एक मात्र महिला उम्मेद्वारका रुपमा उभिएकी छिन रमा लिम्बु

एसएलसी उत्तिर्ण हुनुअघिनै बैबाहिक जिवन शुरु गरेकी उनले दमक बहुमुखी क्याम्पसमा उच्च शिक्षा अध्ययनकै क्रममा सौन्दर्यकला र कोल्ड ड्रिक्संको व्यापार शुरु गरिन् । छोटो अवधि ३ बर्षमै उनले आफूलाई सुहाउँदो पेशाका रुपमा सौन्दर्यकला व्यवसायमा केन्द्रित भइन् । आफ्नो पेशासंगै सामाजिक क्षेत्रमा समेत उत्तिकै सक्रियता बढाएकी रमाले सफल उद्यमी व्यवसायी मात्रै नभएर अहिले सम्म सफल नेतृत्वको पहिचान समेत बनाएकी छिन् ।

सौन्दर्यकला व्यवसायी संघ झापाको कोषाध्यक्ष रहेकी उनले विभिन्न आधा दर्जन बढी संघ संस्थाहरुमा सफल नेतृत्व दिईरहेकी छिन् । ३ बर्ष अघि भएको दमक उद्योग वाणिज्य संघको निर्वाचनमा महिला सदस्य लोकप्रिय मत ( ९९५ ) ल्याएर आफूलाई अब्बल विजेताको सूचीमा दर्ज गराउन सफल भएकी हुन् रमा । व्यवसायी तथा तथा लगानीकर्ताका रुपमा रहेकी उनले दमकमा जव प्लेसमेन्ट सर्भिस मार्फत रोजगारदाता उद्योगी व्यवसायी र बेरोजगार जनशक्तिका बीचमा पूलको भुमिका निर्वाह गरिरहेकी छिन् ।
स्वास्थ्य क्षेत्रमा समेत उनले लगानी गरेर आफ्नो परिचयलाई फराकिलो बनाएकी छिन् । दमकको निम्स नेशनल हस्पिटलकी सञ्चालक लिम्बु सामाजिक काममा अग्रणी महिलाको सूचीमा पर्छिन । उनले महिला अधिकारका क्षेत्रमा राष्ट्रिय महिला अधिकार मञ्च दमकको अध्यक्षका रुपमा रहेर उनले काम गरिरहेकी छिन भने स्वयंसेवी संस्थाका रुपमा रहेका लायन्स क्लब, रोटरी क्लब जस्ता संस्थाहरुमा समेत रहेर सामाजिक सेवालाई अघि बढाईरहेकी छिन् ।

सामाजिक सेवा र व्यवसाय एकअर्काका परिपूरक भएकाले आफूले यि दुवै क्षेत्रमा सशक्त रुपले अघि बढ्न चाहेको रमा बताउँछिन् । रमा भन्छिन– सामाजिक काम गर्न पनि आफैसंग आयस्रोत हुनुपर्छ, आफूले कमाएको दुई ÷चार पैसा सेवामुलक काममा लगाउन पाउँदा खुशी लाग्छ । सबैसंग सरल, नम्र र सम्मानपूर्ण व्यवहार गर्ने स्वभाव भएकी रमाले आफूलाई उद्योग वाणिज्य संघको निर्वाचनमा तृतीय उपाध्यक्ष पदका लागि व्यवसायीहरुले योग्य ठानेर मतदान गर्नेमा ढुक्क रहेको बताइन् । तृतीय उपाध्यक्ष पद आर्थिक ( कोष) को जिम्मेवारी सम्हाल्ने भएकाले जसरी घरमा आमा , भाउजु, बुहारी, दिदी बहिनीहरुले घर व्यवहारको थैली सम्हाल्दा व्यवहार दरिलो भएको हुन्छ त्यसरीनै आफूले उद्योग वाणिज्य संघको कोषलाई बलियो बनाएर अघि बढाउने प्रतिबद्धता जनाएकी छिन् ।

उनले गोकूल श्रेष्ठ नेतृत्वको संयुक्त लोकतान्त्रिक प्यानलले ल्याएको संयुक्त प्रतिबद्धता पत्र साझा प्रतिबद्धता भएको बताउँदै दमकमा सफल र सक्षम संस्थाको रुपमा वाणिज्य संघलाई उभ्याउँदै महिला उद्यमी व्यवसायीहरुको व्यवसाय, सीप र क्षमताको विकासका लागि आफूले विशेष कार्यक्रमहरु समेत ल्याउन पहल गर्ने प्रतिबद्धता जनाइन् ।

दमकमा व्यवसायीहरु पचास प्रतिशत  महिलानै भएपनि आफू इतरको प्यानलले महिला उम्मेद्वारलाई पदाधिकारीमा स्थान नदिएको गुनासो मतदाताहरुले आफूसंग राखिरहेकाले आगामी चुनावदेखि पदाधिकारीमा अनिवार्य महिलालाई उम्मेद्वार बनाउने विधानमै उल्लेख गराउन आफूले सशक्त भुमिका निर्वाह गर्ने उनले प्रतिबद्धता जनाएकी छिन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

फुलमानले गरे स्वास्थ्य युनिटको लागि जग्गा दान

फुलमानले गरे स्वास्थ्य युनिटको लागि जग्गा दान

मातृभाषाको पाठ्यपुस्तक स्थानीय सरकारले नै बनाउने हो : महानिर्देशक दाहाल

मातृभाषाको पाठ्यपुस्तक स्थानीय सरकारले नै बनाउने हो : महानिर्देशक दाहाल

जुगल पहिरो पीडितलाई इजरायल घेदुङको सहयोग हस्तान्तरण

जुगल पहिरो पीडितलाई इजरायल घेदुङको सहयोग हस्तान्तरण

“ओखल्ढुङ्गा सुनकोशी-२ युवा समूह” ले बितरण गरे  काठमाण्डौ र गाउँमा राहत

“ओखल्ढुङ्गा सुनकोशी-२ युवा समूह” ले बितरण गरे काठमाण्डौ र गाउँमा राहत

रुकुम हत्याकाण्डको विरोधमा सिन्धुपाल्चोकमा  प्रदर्शन

रुकुम हत्याकाण्डको विरोधमा सिन्धुपाल्चोकमा प्रदर्शन

खिजीदेम्बाले गरे  काठमाडौँबाट ७ सय ३५  नागरिकको उद्दार

खिजीदेम्बाले गरे काठमाडौँबाट ७ सय ३५ नागरिकको उद्दार

सर्वाधिक पढिएका

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ
राजनीति

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

भर्खरै

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us