नुवाकोट – खानीगाउँ गाविसको ढिकुरेमा जागरणसभा लिएर गएका डा. रामशरण महतको कार्यक्रम स्थानीयले बिथोल्न खोजेपछि झडप भएको छ । पुनर्संरचनाको विरोधमा ११ दिनदेखि आन्दोलनरत स्थानीयले सभा बिथोल्ने प्रयास गरेका थिए । झडप नियन्त्रणका लागि प्रहरीले ४७ राउन्ड रबरका गोली र २३ राउन्ड अश्रुग्यास प्रहार गरेको छ । आजको नयाँ पत्रिकामा खबर छ ।
झडपमा एक सशस्त्रसहित सातजना घाइते भएका छन् । डा. महत सहभागी जागरणसभा बिथोल्न आएकालाई नियन्त्रणमा लिन ४७ राउन्ड रबरका गोली र २३ राउन्ड अश्रुग्यास प्रहार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले बताए । प्रहरीले पहिला लाठीचार्ज गरेको थियो । तर, भीड नियन्त्रण नभएपछि गोली चलाएको उनले बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-