२०७९ भदौ २, बिहिबार
August 18, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

गाईलाई भिरबाट खसालेर मारेका हैनौँ– नेपालगञ्ज नगर प्रमुख राणा

दैलो न्युज दैलो न्युज
भदौ १७, २०७६ १३:०६ मा प्रकाशित
ShareTweetPin

नेपालगञ्ज,भदौं १७
नेपालगञ्ज काञ्जीहाउसबाट दैलेख लैजाने क्रममा सुर्खेतमा गाई मृत्यु भएको विषयमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्सेर राणाले आज प्रतिक्रिया दिनुभएको छ । उक्त घटना हुँदा बाहिर रहनुभएका नगर प्रमुख राणाले नेपालगञ्ज आएपछि आज यहाँका पत्रकारसँगको छलफलमा भन्नुभयो, “गाईको व्यवस्थापनका लागि धेरै काम गर्दागर्दै यो दुर्घटना भएको हो, यो नियतवश घटाइएको घटना होइन ।”

आफूले नेपालगञ्जको छाडा गाईलगायत पशु चौपाया व्यवस्थापनका लागि बाँके राष्ट्रिय निकुञ्ज, जिल्ला वन डिभिजन कार्यालय, प्रदेश ५ का मुख्यमन्त्रीसँग छलफल गरे पनि सार्थक परिणाम हासिल हुन नसकेको नगर प्रमुख राणाले गुनासो पोख्नुभयो ।

“हामीले नेपालगञ्जका नागरिकहरुको सहयोगसमेत लिएर गाई व्यवस्थापनमा काम गरेकै थियौँ, तर नगरपालिकाको एक्लो प्रयासले मात्र यो सम्भव नहुने रहेछ”, उहाँको भनाइ थियो । नगरप्रमुख राणाले बर्दियाको बाँसगढी नगरपालिका लगायतका स्थानीय तहले पहाडी जिल्लामा गाई पठाएको थाहा पाएपछि आफुहरुले पनि गाई दैलेख पठाएको बताउनुभयो ।

“यो गौहत्या नभई दुर्घटना हो, गाई भिरबाट खसालेर मारेको भन्ने प्रचारमा कुनै सत्यता छैन, ट्रकभित्र गाई मरेपछि आत्तिएर सँगै गएका कर्मचारीले छाडेका रहेछन्”, उहाँको स्पष्टोक्ति थियो । छलफलमा सहभागी पत्रकारहरुले अल्पकालीन र दीर्घकालीन योजना बनाएर छाडा गाईलगायत पशु चौपायाको व्यवस्थापन र संरक्षण गर्नुपर्ने सुझाव दिएका थिए ।

छलफलमा भारतबाट नेपालगञ्ज धपाइएका पशु चौपाया रोक्नुपर्ने, गाई र अन्य पशुपालकहरुको पशुमा ट्याग लगाउने र यसरी ट्याग लगाएका पशु छाडा छाडिएमा दण्ड, जरीवाना गर्नुपर्ने, गौशाला निर्माण गरी छाडा गाईको व्यवस्थापन गर्नुपर्ने लगायतका सुझाव पनि दिएका थिए । नगरप्रमुख राणाले अब सबै पक्षको सुझावको आधारमा स्पष्ट कार्ययोजना बनाएर छाडा गाईलगायत पशु चौपायाको व्यवस्थापन गरिने प्रतिबद्धता जनाउनुभयो । रासस

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

प्रतिगमनको नयाँ संस्करण आउने संकेत देखिरहेको छु : बाबुराम भट्टराई

प्रतिगमनको नयाँ संस्करण आउने संकेत देखिरहेको छु : बाबुराम भट्टराई

अख्तियारले  छापामार शैलीमा मुख्यमन्त्रीको कार्यालयमा छापा मार्‍यो : जसपा

अख्तियारले  छापामार शैलीमा मुख्यमन्त्रीको कार्यालयमा छापा मार्‍यो : जसपा

कांग्रेस काठमाडौंको पालिका अधिवेशन असोज १६ मा हुने

एमाले विधान महाधिवेशन : तीन प्रतिवेदनमाथि आज समूहगत छलफल

एमाले विधान महाधिवेशन : तीन प्रतिवेदनमाथि आज समूहगत छलफल

सर्वाधिक पढिएका

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ
राजनीति

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

भर्खरै

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us