२० भाद्र, काठमाडौं । दिपक ओलिको शब्द संगितमा गायिका मेलिना राई र गायक प्रेम राइको स्वर रहेको ”राम राम तिम्रो कसम ढाटे मरिजाउ” नामक गितको भिडियो सार्वजनिक भएको छ ।
इटहरीको गोकुलम रिसोर्टमा सुटिङ भएको गितमा समीर सुवेदी र सृस्टि रिजालको अभिनय देख्न सकिने छ । समीर सुवेदी र सृष्टि रिजालको पहिलो पटक गितमा अभिनय रहेको छ । हरेन्द्र खत्रीको निर्देशनमा तयार भएको म्युजिक भिडियो पुर्बमै सुटिङ भएको हो ।
समीर सुवेदी सञ्चारकर्मी तथा समाजसेवी हुन उनि बिगत आठबर्ष देखि विभिन्न हास्य टेलिशृङ्खलामा देखा पर्ने गर्थे र अहिले हास्य टेलिशृङ्खला दोबाटेमा निरन्तर चिबे बुढोको भुमिकामा देखिन्छन । उनले सडकमा गाउने बाल गायक बिक्रम लावती लिम्बुलाइ सडकबाट उठाएर धेरैमाझ पुर्याएर अहिले पढाइरहेका छन । बिक्रमलाई काठमाडौ पुर्याउने क्रममा विभिन्न मिडियामा देखा परेपछी उनलाई गितमा अभिनय गर्ने अवसर आएको थियोे र त्यो अवसरलाई स्वीकार गरेर समिरले पहिलो पटक अभिनय गरेका हुन् ।
मेलिना राईको स्वर रहेको सुन्दर गितमा नब प्रतिभा प्रेम राईले मेलिनालाई साथ दिएका छन । भिडियोमा धेरैजना कोरस कलाकारहरुको अभिनय पनि देख्न सकिन्छ । भिडियोमा बिर्तामोडका काले दाइले नचाएका सोम मगरातीलको श्रृङ्गार रहेको छ भने शिरकुमार साम्पाङ राइले क्यामेरामा कैद गरेका हुन् ।
भिडियो हेर्नुहोस् :-
प्रतिक्रिया लेख्नुहोस्:-