इसरोकार संवाददाता काठमाडौं- गायक नारायण राईको नया म्युजिक भिडियो सार्बजनिक भएको छ l
लामो समयदेखि सांगीतिक क्षेत्रमा लागेका गायक राईको ‘नाकैमा झम्के फुली’ बोलको आधुनिक पप नेपाली गित सार्वजनिक भएको हो l गायक राईले यो भन्दा अगाडी यो जुनीमा मेरो माया बोलको गितहरू सार्वजानिक गरिसकेका छन् l
झम्के फुली बोलको गीतको म्युजिक भिडियो पनि बनेको छ l उक्त गीतको म्युजिक भिडियोमा रबिन शंकर र जिना थापाले अभिनय गरेका छन् भने जीबि लामाले भिडियोलाई छायांकन गरेका हुन् l
एरेन्ज बुद्द स्यान्गबाले गरेका हुन् त्यसै गरि भिडियो सम्पादन निसान घिमिरेले गरेका छनl गितको शब्द संगीत डम्बर हिन्ग्मांगको रहेको छl अगाडिका गित श्रोता दर्शकहरुले अत्यान्तै मनपराई दिएकोमा राईले खुसि हुदै यो गित पनि मनपराई दिनेमा विस्वस्त रहेको राइले बताए
प्रतिक्रिया लेख्नुहोस्:-