बनारस भदौ २४
नेपाल विद्यार्थी संघ भारतले बीपी कोइरालाको १०६औं जन्म जयन्ती को अवसरमा बनारसको काशी हिन्दु विश्व विद्यालयमा मा एक बिचार गोस्टी सम्पन्न गरेको छ। कार्यक्रममा प्रमुख अतिथीका रुपमा बीपी कोइराला को सानिध्यमा रहेका भारतका प्रसिद्ध समाजवादी चिन्तक प्राध्यापक सुरेन्द्र प्रताप सिंह ले बीपी कोइरालाले नेपाली जनताको अधिकार प्राप्ती को लागि गरेको योगदान अतुलनिय रहेको बताए। उनले भारतको स्वतन्त्रताको आन्दोलनमा समेत बिपि कोइरालाले अग्रणी भुमिका खेलेको औल्याए। सिंहले बीपीले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवाद नै आजको नेपालको आवश्यकता हो भएको पनि जिकिर गरे। कार्यक्रममा बिशिस्ट अतिथी द्वय काशी हिन्दु विश्व बिद्यालयका प्रो दिवाकर प्रधान र सम्पुर्णानन्द संस्कृत विश्व बिध्यालयका प्रो हरि प्रसाद अधिकारीले बीपी कोइरालाको राजनिती सङगै साहित्यिक क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरे। कार्यक्रममा नेपाल अध्ययन केन्द्र का डा. नृपेन्द्र सिंह सहित डा.गोपाल प्रसाद अधिकारी,डा बिश्वनाथ धिताल, डा. कमलनयन रिजाल, डा. देबनायक न्यौपाने लगायतले आफ्नो धारणा राख्नु भयो।
ने.बि संघ भारतका महामन्त्री सुर्य न्यौपाने को अध्यक्षता र दिपक पान्डे को सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।
प्रतिक्रिया लेख्नुहोस्:-