२७ भदौ, काठमाडौं । तामाङ कथानक चलचित्र म्युङ पुजुको “जब माया बुजी” बोलको गीत सार्वजनिक भएको छ ।
डम्फु मिडियाको ब्यानरमा निर्माण भएको तामाङ चलचित्र म्युङ पुजुको सो गीतमा गायक तथा संगीतकार विशाल काल्तानको शब्द संगित रहेको छ भने विशाल काल्तान र जितु लोप्चनको स्वर रहेको छ ।
काठमाडौंको जोरपाटीस्थित एक सभाहलमा पत्रकार सम्मेलन गर्दै उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो । पत्रकार सम्मेलन कार्यक्रममा तामाङ चलचित्र संघका अध्यक्ष विकु थोकरको प्रमुख आतिथ्यता रहेको थियो भने तामाङ कलाकार संघका सचिव विशाल काल्तान, नायक तथा निर्देशक अमिर दोङ, तामाङ पत्रकार संघका महासचिव जयन कुमार मोक्तान, जुगल गाउँपालिकाका जनप्रतिनिधि जङ्ग तामाङ , काली प्रसाद तामाङ लगायतकाे विशेष आतिथ्यता रहेको थियो ।
तामाङ चलचित्र संघका अध्यक्ष विकु थोकरले शुभकामना दिँदै तामाङ चलचित्रको इतिहास २०५२ देखि सुरु भएर अहिले सम्म आइपुग्दा यो गीतले एउटा इटा थप्ने काम गरेको बताए , तामाङ चलचित्रहरु १५० भन्दा बढि बनिसक्दा कान्छीमाया गोलेहरु जस्ता तामाङ चलचित्रको हकहितमा काम गर्नेहरुलाई हौसला प्रदान गर्नुपर्ने बताए ।
नायक ईश्वर लामा पाख्रिन र नायिका सुस्मा मोक्तानको अभिनय रहेको गीतमा चलचित्रकै निर्देशक अजय स्याङतानको नृत्य निर्देशनरहेको छ भने भिडियोलाई बिक्रम मोक्तानले छायांकन तथा सम्पादन गरेका हुन् ।
म्युङ पुजुमा रितुराज पाख्रीनको पटकथा तथा सुजन लामाको कथा लेखन रहेको छ ।
कान्छी माया गोलेको निर्माणमा बनेको चलचित्र म्युङ पुजुलाई चाडैं दर्शकहरु माझ ल्याउने निर्माण पक्षले जानकारी दिए ।
भिडियो हेर्नुहोस् :-
प्रतिक्रिया लेख्नुहोस्:-