दमक २ असाेज । झापा दमक ६ स्थित भट्टराई मार्केटको दाेश्राे तल्लामा माई क्याफे कफि एन्ड फुड संचालनमा आएको छ ।
क्याफेको बिहिबार दमक उधोग वाणिज्य संगका नव निर्वाचित अध्यक्ष गोकुल श्रेष्ठले उद्घाटन गरेका छन् । ताप्लेजुङ घर भइ लामो समय देखि कोरीया बसेर फर्केका दमक १ निवासी बिमल तामाङ ले ३० लाखको लगानीमा माई क्याफे कफि एन्ड फुड संचालनमा ल्याएका छन् ।
क्याफेमा कोरीयन खाना परिकार मौसम अनुसार खिम्फब, बिबिम्ब, अम्लेट राइस, ताजाङ्यन् , फुकुम्बाव काेरीयन रामेन् साथै कफीको बिभिन्न आइटम, कोल्ड कफी, लस्सी चिसो पेय पदार्थ / खाजा भेज तथा नन् भेज म: म , चाउमिन साथै बिभिन्न खाजाका परिकारहरु पाइने संचालक धनुजा राईले जानकारी दिइन् ।
तामाङले क्याफेमा ७ जना लाई रोजगारी समेत दिएका छन् । उद्घघाटन कार्यक्रममा संघका प्रथम उपाध्यक्ष राजु खड्का , सदस्यहरु तुलसीराम तिम्सिना, गायत्री पौडेल (सन्ताेषा), असिम राई, लक्की सिटौला, रुवल अघिकारी स्थानिय ब्यापारी संजिव बराल, भरतमनि चुडाल लगायतको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-