दमक ४ असाेज । झापाकाे दमकमा टि भी एस को ह्विली बिट्स कन्सर्ट सम्पन्न भएकाे छ ।

नेपाल को लागि टि भी एस को आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रा लि ले नेपालीहरुको महानपर्ब बडा दशैँ तथा दीपावली को पावन अवसर मा ग्राहक हरुलाइ लक्षित गरि “ टि भी एस दशैको दौड” भन्ने स्किम ल्याएकाे छ । यहि उपलक्ष्यमा जगदम्बा मोटर्सले नेपाल को मुख्य मुख्य सहर मा टि भी एस को ह्विली बिट्स कन्सर्ट गर्दै देश दाैडाहमा लागेको छ | कार्यक्रममा राष्ट्रिय बाइक राइडरहरूले स्टन्ट शो प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथी दमक वडा ५ का अध्यक्ष इन्द्र गरूङले हालै नेपालि बजारमा भित्रिएका दुइ नया बाइक आर टि आर १६० २ भी र रेडीएन ११० को सार्वजनिक गरे । बडा दशैँ तथा दीपावलीकाे अवसरमा दमककाे पशुपति इन्टर प्राइजेजमा अशोज २ देखी अशोज ८ सम्म बाइक सट्टापट्टा गर्न सकिने संचालक गन बहादुर अधिकारीले जानकारी दिए ।

कार्यक्रममा दमकका दमक जेसिजका अध्यक्ष भिमराज चम्लगाइ, इलाका ट्राफिक कार्यलयका प्रमुख यज्ञराज शर्मा, दमक उधाेग वाणिज्य संघका अध्यक्ष राजेद्र ढकाल, बरीष्ठ उपाध्यक्ष बिमल खतिवडा, नवनिर्वाचित अध्यक्ष गाेकुल श्रेष्ठ, नवनिर्वाचित सदस्य चन्द्र खत्री, हाेटल ब्यवसायी संघ दमकका अध्यक्ष राजेन्द्र दंगाल, लगायतकाे उपस्थिती रहेकाे थियाे । कार्यक्रममा कलाकार दिनेश काफ्लेले कार्यक्रम सन्चालन सगै अाफ्नाे प्रस्तुत दिएर दशर्क लाइ मनाेरञ्जन दिएका थिए ।

https://www.facebook.com/doonlinetv/videos/766216367141701/
प्रतिक्रिया लेख्नुहोस्:-