२०७९ भदौ २, बिहिबार
August 18, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

समाजवादी पार्टीको झापा जिल्ला समायोजन विवादित !

दैलो न्युज दैलो न्युज
अशोज १०, २०७६ ११:३५ मा प्रकाशित
समाजवादी पार्टीको झापा जिल्ला समायोजन विवादित !
ShareTweetPin

झापा, ९ असोज ।
झापा जिल्लामा भएको समाजवादी पार्टीको जिल्ला समायोजन कार्य विवादमा परेको छ ।
पूर्व नयाँ शक्ति पार्टीको झापा जिल्ला समिति र १ नम्बर प्रदेश समितिले असोज ७ गते झापाको विर्तामोडमा भएको समायोजन कार्यलाई नमान्ने ठहर गरेपछि पार्टी समायोजन कार्य विवादित बनेको हो ।
पूर्व सङ्घीय समाजवादी फोरम झापा जिल्ला समिति र पूर्व नयाँ शक्ति पार्टी झापा जिल्ला समितिको समायोजन भनिए पनि सो कार्यक्रममा नयाँ शक्ति पार्टी सहभागी नभएको नयाँ शक्ति पार्टीका झापा जिल्ला अध्यक्ष उदय गुरुङले जानकारी दिएका छन् ।
गुरुङले असोज ८ गते झापाको विर्तामोडमा पत्रकार सम्मेलन गरेर पार्टी समायोजन भइनसकेको जानकारी दिए । पत्रकार सम्मेलनमा उनले ७३ सदस्यीय जिल्ला कमिटीमा ९ जनाले मात्रै समायोजनमा भाग लिएको दावी गर्दै पार्टी समायोजन नभइ व्यक्ति समायोजन भएको टिप्पणी गरे । उनले आफू नेतृत्वको कमिटीले समायोजन नमान्ने जिकिर गरेका छन् ।
अध्यक्ष गुरुङले ८ गते जारी गरेको विज्ञप्तिमा भनिएको छ –मिति २०७६÷०६÷०७ मा नयाँ शक्ति पार्टी झापा र सङ्घीय समाजवादी फोरमबीच पार्टी समायोजन गरिएको भ्रमपूर्ण प्रचार प्रसारप्रति नयाँ शक्ति पार्टी झापाको गम्भीर ध्यानाकर्षण भएको छ ।
जारी विज्ञप्तिमा थप भनिएको छ –कुनै आमुक व्यक्तिहरुले समायोजनको नाममा गरिएको भ्रमपूर्ण कार्यप्रति घोर असहमति जनाउँदै नयाँ शक्ति पार्टी नेपाल झापा जिल्ला समिति समायोजन नभएको कुरा सम्पूर्ण कार्यकर्ता, केन्द्रीय कमिटी, प्रदेश कमिटी, र पत्रकार मित्रहरुलाई जानकारी गराउँदछु । सोही विज्ञप्तिमा उपयुक्त समयमा दुई पूर्व पार्टीका जिल्ला समितिबीच समायोजन कार्य सम्पन्न गरिने उल्लेख छ ।

बिवादका बीच समायोजन
असोज ७ गते विर्तामोडस्थित अतिथि सदनमा भएको भनिएको समाजवादी पार्टी समायोजन कार्यक्रममा पार्टीका वरिष्ठ नेता अशोक राई र उपमहासचिव डम्बरुबल्लभ खतिवडा लगायत नेताहरु सहभागी थिए । समायोजन कार्यक्रममा समाजवादी पार्टीका १ नम्बर प्रदेश अध्यक्ष प्रवीण चाम्लिङ र पूर्व नयाँ शक्ति पार्टीका १ नम्बर प्रदेश संयोजक प्रभुनारायण श्रेष्ठ भने सहभागी थिएनन् ।
उक्त कार्यक्रममा दिपेन बाला राईको अध्यक्षतामा ९९ सदस्यीय समिति घोषणा गरिएको थियो । जसमा उपाध्यक्षहरु वीरबहदुर श्रेष्ठ, संगिता रौनियार र सिवन सोराली मगर, सचिव पुष्प पौडेल, सह–सचिव अर्जुन राई र कोषाध्यक्षमा राजु खड्का रहेका बताइएको छ ।

पूर्व नयाँ शक्तिका शीर्ष नेताहरुबाट समस्या समाधान हुनुपर्छ ः प्रदेश अध्यक्ष चािम्लङ
यसैबीच समाजवादी पार्टी १ नम्बर प्रदेश अध्यक्ष प्रवीण चाम्लिङले भने पूर्व नयाँ शक्ति पार्टीभित्र जिल्ला समायोजनको विषयलाई लिएर समस्या देखिएको बताएका छन् ।
अध्यक्ष चाम्लिङले भने –‘हामीलाई समायोजनको विषयमा नयाँ शक्तितर्फबाट कार्यक्रम रोक्न अनुरोध सहित बैठकको निर्णयको प्रतिलिपि र पत्र ६ गते प्राप्त भयो । त्यस अनुसार तत्काल समायोजन कार्य स्थगन गर्न अनुरोध गरेका हौं ।’ चाम्लिङका अनुसार सो कार्यक्रमका प्रमुख अतिथि एवम् पार्टीका वरिष्ठ नेता अशोक राई र विशिष्ट अतिथि एवम् पार्टीका उप–महासचिव डम्बरुबल्लभ खतिवडालाई पनि विवादका बीच समायोजन नगरिदिन आग्रह प्रदेश समितिको तर्फबाट गरिएको थियो ।
समाजवादी पार्टी १ नम्बर प्रदेश समितिका सदस्य सचिव दिपक याक्खाले पूर्व नयाँ शक्ति पार्टीको अनुरोध अनुसार समायोजन कार्य रोक्न र दुवै पक्षबीच छलफल गरेर समायोजन बारे निर्णय गर्न पत्राचार गरिएको जानकारी दिए । उनले भने –‘नयाँ शक्तिबाट असोज ६ गते अबेर पत्राचार भएको हो । सो पत्रका आधारमा ७ गते बिहान सङ्घीय समाजवादी फोरम झापा जिल्ला समितिलाई पत्राचार गरेका हौं ।’

समाचार स्रोतका अनुसार नयाँ शक्ति पार्टी झापाको असोज ४ गतेको बैठकले पार्टी समायोजनमा तत्काल नजाने निर्णय गरेको थियो । तर, सो निर्णयका विरुद्ध तत्कालीन संयोजक वीरबहादुर श्रेष्ठ र सचिव पुष्प पौडेलले कार्य गरेको भन्दै उनीहरुलाई असोज ६ गतेको बैठकले कार्बाहीका लागि माथिल्लो कमिटीलाई जानकारी गराउने निर्णय गरेको थियो ।

६ गते बसेको नयाँ शक्ति झापाको बैठकमा संयोजक श्रेष्ठ र सचिव पौडेलको उपस्थिति नरहेको सामाजिक सञ्जालहरुमा सार्वजनिक भएको निर्णय पुस्तिकाको कपीबाट थाहा हुन्छ । सो बैठकमा दुई जना केन्द्रीय सदस्यसहित थप ५० जना जिल्ला पदाधिकारी र सदस्यहरुले पार्टीको प्रदेश समायोजनपछि मात्रै जिल्ला समायोजन कार्य सम्पन्न गर्ने आसयको निर्णय भएको देखिन्छ ।
समायोजन निर्देशिकामा के छ ?
समाजवादी पार्टी केन्द्रीय कार्यकारिणी समितिले जेठ १६ गते जारी गरेको समायोजन निर्देशिका अनुसार जिल्ला पार्टी समायोजन गर्न प्रदेश समितिले कार्यदल निर्माण गर्नुपर्ने प्रावधान छ । सो का निम्ति पार्टीको प्रदेश समिति समायोजन भइसकेको हुनुपर्ने मापदण्ड तोकिएको छ । तर सोही निर्देशिकाको अन्तिममा नोट भनी माथिका वुँदाहरूमा जेसुकै उल्लेख भए तापनि दुवै पार्टीका समितिहरू तथा जनसङ्गठनका हरेक स्तरका समितिहरू एक आपसमा सहमति गरी समायोजित गर्न सक्ने छन् भनी उल्लेख गरिएको छ ।

उल्लेखित व्यहोरा अनुसार दुवै पूर्व पार्टीका समान स्तरका समितिबीच सहमति भएमा पार्टी समायोजन गर्न सकिने आधार छ । तर, झापा जिल्ला समायोजनको हकमा नयाँ शक्ति पक्षको लिखित असहमति रहेको तथ्यका आधारमा समायोजन प्रक्रिया त्रृटिपूर्ण देखिन्छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

सर्वाधिक पढिएका

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ
राजनीति

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

भर्खरै

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us