जाम्बुलिङ, काठमाडौं । असोज १४ मंगलबार २०७६ । “स्वस्थ्यका लागि खेलकुद”
भन्ने नाराका साथ ”म्हेन्दोमाया कलाकार संघको आयोजनामा फुटसल फुलबल
प्रतियोगिता २०७६” म्हेन्दोमाया समाजका संस्थापक अध्यक्ष बिगेन्द्र सिंह
वाईबाको समुपस्थितिमा सम्पन्न भयो । फुटबल प्रतियोगितामा गायिका, मोडेल,
अभिनेत्री, समाजसेवी तथा प्राङना चलचित्रका निर्मात्री छिमी म्हम्बाको पनि
उपस्थिति रहेको थियो ।
म्हेन्दोमाया कलाकार संघका अध्यक्ष राज किङ
वाईबाले टीमहरुको सशुल्क दर्ता र महासचिव वाङजु गोम्जाले सञ्चालन गरेको सो
प्रतियोगितामा रेफ्रीको रुपमा याङच्यु वाईबा, विजय तामाङ र फुर्ब तामाङ
रहेका थिए ।
म्युजिक भिडियोमा अभिनय गरेका कलाकार, गायक÷गायिका,
संगीतकार र गीतकार आदि समावेश रहेको फुलबल समूहहरुमा, रुबि भ्यालीका कलाकार
समूह, तारकेश्वरका कलाकार समूह, खनियाबासका कलाकार समूह, म्यागङका कलाकार
समूह, लप्सङकर्पाे म्युजिक कलाकार समूह, जाम्बुलिङ कलाकार समूह र रस
प्रोडक्सनका कलाकार समूह गरी सात वटा समूहहरुले भाग लिएका थिए । फुटबल
प्रतियोगितामा रुबि भ्यालीका कलाकार समूहले फाईनलमा १० गोल गरी प्रथम स्थान
हासिल गरि शिल्ड प्रमाणपत्र र ट्रफी प्राप्त गरेका थिए । यसैगरी शिल्ड
ट्रफी प्रमाणपत्र प्राप्त गर्नेहरुमा दोस्रो समूह लप्सङकर्पाैका समूह र
तेस्रो समूह जम्बुलीङ फिल्मका कलाकार समूह थिए । चौथो हुने रस प्रोडक्सनका
समूहका खेलाडीहरुले प्रमाण–पत्र प्राप्त गरेका थिए ।
फुटबल
प्रतियोगितामा भाग लिने कलाकारहरुमा, रुबि भ्याली टीममा जयबिर, आरम्भ,
यकुब, निशान, राजकुमार र प्रकाश यसैगरी जाम्बुलीङ टिममा राजकिङ, रेशा,
बिजय, जोन राई, अनिल, पारस र फुर्ब थिए । खनियाबास कलाकार समूहमा खेलाडीहरु
याङचु, सुके, मरकुर, इसु, प्रेम, आरम र मार्कुस, रस प्रोडक्सन टीमका
खेलाडीहरु, सबिन, राम, नेत्र, पुर्ण, दिलकुमार, सिर्च, सन्चु, चित्र र निरज
थिए । तारकेश्वर कलाकार समूहमा खेलाडीहरु मरिचमान (एमआरसी), अशोक, भुमि,
बिरबहादुर, सोमती, सोना, सागर र शान्ति रहेका थिए । म्यागङ कलाकार टीममा
खेलाडीहरु चिजा, फुलमाया, सोनी, भुवन, मुखिम र माकर थिए । लप्सङकर्पाे
कलाकार टीममा खेलाडीहरु रोशन, मुस्कान, सिमोन, सिंग, रिचड, सन्त र टेक
तामाङ थिए ।
प्रतियोगितामा विजयी खेलाडीहरुलाई अतिथिद्वय बिगेद्र
सिंह वाईबा, छिमी मम्बा र म्हेन्दोमाया कलाकार संघका अध्यक्ष राजकीङ
वाईबाले संयुक्त रुपमा शिल्ड, प्रमाणपत्र र ट्रफी वितरण गरेका थिए ।
म्हेन्दोमाया कलाकार संघले आयोजना गरेको मैत्रिपूर्ण फुटसल कप फुटबल
प्रतियोगिता यो दोस्रो हो । वार्षिक रुपमा फुटसल फुटलबल प्रतियोगिता आयोजना
गर्दै आइरहेको महासचिव राम गोम्जा तामाङले बताउनु भयो ।
प्रतिक्रिया लेख्नुहोस्:-