२०७९ भदौ २, बिहिबार
August 18, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

रामबजारका दुई शताब्दी नागरिक सहित ५० जेष्ठ नागरिक सम्मानित

दैलो न्युज दैलो न्युज
अशोज १४, २०७६ १६:१८ मा प्रकाशित
रामबजारका दुई शताब्दी नागरिक सहित ५० जेष्ठ नागरिक सम्मानित
ShareTweetPin

१४असोज, पोखरा । अन्र्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा रामबजार जेष्ठ नागरिक मिलन केन्द्र १०÷१५ ले मंगलवार विशेष कार्यक्रम आयोजना गरी जेष्ठ नागरिक सम्मान गरेको छ।

शताब्दी पुरुष १०१ वर्षिय क्या.कुलबहादुर गुरुङ, शताब्दी महिला १०१ बर्षिया तोली गुरुङलाई अभिनन्दनसहित ८० वर्ष माथिका ५० भन्दा बढी जेष्ठ नागरिकलाई सम्मान एवम रामबजार यात्रा गराई जेष्ठ नागरिक दिवस मनाएको हो।

वडा दशैं तथा तिहारको शुभकामना सहित आयोजिक जेष्ठ नागरिक सम्मान कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ समाजसेवी, उद्योगपति, प्रतिनीधिसभाका सदस्य सांसद सुर्यबहादुर केसी, विशेष अतिथिद्वय पोखरा महानगरपालिका वडा नं. १० का वडा अध्यक्ष राजकुमार गुरुङ, वडा नं.१५ का वडा अध्यक्ष प्रकाश पौडेल, वडा नं.१० का सदस्यहरु निशा मल्ल ठकुरी, दिपक थापा, प्रतिभा बि.पोखरेल, वडा नं.१५ का वडा सदस्यहरु तोरण बानिया, पार्वती कार्की, मन्दिरा परियार लगायतका अतिथिहरुले जेष्ठ नागरिकहरुलाई सम्मान पत्रद्वारा सम्मान गरिएको हो।

सम्मानित जेष्ठ नागरिकहरुलाई जेष्ठ नागरिक मिलन केन्द्रबाट राममन्दिर, आमा धारा, भारतीय पेन्सन क्याम्प गेट, पुनःराममन्दिर हुदै जेष्ठ नागरिक मिलन केन्द्रमा पुगी जेष्ठ नागरिक सम्मान यात्रा सम्पन्न भएको थियो। जेष्ठ नागरिकहरुलाई शोभायात्रासहित मगर संघ रामबजारको नौमती बाजा, विभिन्न संघ संस्था, समाजहरुको व्यानरका साथै सहभागीहरुले साथ दिएका थिए। सहभागीहरु नौमती बाजाको तालमा नाच्दै रमाउदै खुशीयाली वातावरण बनाएका थिए।उक्त कार्यक्रमले जेष्ठ नागरिकहरु अत्यन्तै खुशी देखिएका थिए।

कार्यक्रमका प्रमुख अतिथि सांसद सुर्यबहादुर केसीले शुभकामना व्यक्त गर्नुहुदै जेष्ठ नागरिकलाई सम्मान, आपसी सद्भाव नेपाली संस्कार भए पनि पश्चिमा सँस्कृति नेपालमा भित्रिएकाले सँस्कृतिमा बिकृति मौलाएको बताउनुभयो। हजुर बुबा र नाति, सासु र बुहारी बिच दुरी बढ्नु हुदैन जेष्ठ नागरिक सम्मानित र मार्गदर्शक भएको उहाँको भनाई थियो। जातिय, सामाजिक सद्भाव समाजका लागि अपरिहार्य हुने बताउनुहुदै उहाँले रामबजार सद्भावको क्षेत्र भएको बताउनुभयो।रामबजार मेरो जीवनको हरेक पाटोको पहिलो पाठशाला हो भन्नुहुदै उहाँले जेष्ठ नागरिकको सधै आर्शिवादको अपेक्षा गरेको बताउनुभयो।

सांसद केसीले शक्तिको कसैले दुरुपयोग गर्नुहुदनै भन्दै सत्तासीनहरुलाई प्रहार गर्नुभयो।विजया दशमी असुर माथि विजयको पर्व हो भन्नुहुदै केसीले करको दुरुपयोग गर्नेहरु असुर भएको भन्दै सरकारप्रति लक्षित गर्नुभयो।

शुभकामना मन्तव्य व्यक्त गर्नुहुदै वडा नं. १० का वडा अध्यक्ष राजकुमार गुरुङले जेष्ठ नागरिकहरु सबैको बुबा आमा हुन भन्ने सोंचको विकास हुनुपर्ने बताउनुभयो। जेष्ठ नागरिक अनुभवसहितको मार्गदर्शक भएकाले सम्मानित वातावरण जरुरी रहेको भन्नुहुदै जेष्ठ नागरिक मिलन केन्द्रले विगतमा जस्तै आगामी दिनमा पनि सहयोग गर्ने वडा अध्यक्ष गुरुङले उद्घोष गर्नुभयो।

वडा नं. १५ का वडा अध्यक्ष प्रकाश पौडेलले शुभकामना मन्तव्य व्यक्त गर्नुहुदै जेष्ठ नागरिक साँचो भगवान अर्थात जिउदो भगवान भएको बताउनुभयो। जेष्ठ नागरिकलाई बोझ सम्झनु अपराध हो, मुर्ति र फोटोलाई पुज्नुको सट्टा जेष्ठ नागरिकलाई सम्मान गर्नु साँचो भगवानको साक्षात गरेको हो भन्नुभयो।

कार्यक्रममा जेष्ठ नागरिक मिलन केन्द्रलाई समाजसेवी मोहन जंग गुरुङले १० हजार ५ सय, वडा नं. १५ का वडा अध्यक्ष प्रकाश पौडेलको दाजुभाईहरुको तर्फबाट अमाको स्मृतिमा १० हजार रुपैया, दुई जापानीज नागरिकले एक एक हजार र विभिन्न सहयोगीहरुले सहयोग प्रदान गरेको कोषाध्यक्ष भुपेन्द्र कुँवरले जानकारी दिनुभयो।

रामबजार जेष्ठ नागरिक मिलन केन्द्रका परिकल्पनाकार सामाजिक अभियन्ता महेश गुरुङले केन्द्र स्थापना पश्चात जेष्ठ नागरिकप्रतिको घर परिवार, नागरिक र राज्यको दृष्ट्रिकोण सकरात्मक बन्दै गएको भन्दै खुशी व्यक्त गर्नुभयो।जेष्ठ नागरिक अनुभवको खानी भएकाले उचित वातावरण र साथ सहयोगका लागि सबैसँग अपेक्षा गर्नुभयो।

रामबजार जेष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष क्या.थमनसिंह थापाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष माया गुरुङ भुजेलले स्वागत मन्तव्य र सचिव ज्ञानबहादुर थापाले कार्यक्रम संचालन गर्नुभएको थियो

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

सर्वाधिक पढिएका

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ
राजनीति

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

भर्खरै

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us