२०७९ भदौ २, बिहिबार
August 18, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

काङ्ग्रेस र नेकपाले भन्ने गरेको समाजवाद बाउन्स चेक जस्तै हो : सहअध्यक्ष श्रेष्ठ

दैलो न्युज दैलो न्युज
कार्तिक २, २०७६ १४:०६ मा प्रकाशित
काङ्ग्रेस र नेकपाले भन्ने गरेको समाजवाद बाउन्स चेक जस्तै हो : सहअध्यक्ष श्रेष्ठ
ShareTweetPin

२कार्तिक, ललितपुर । समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले ललितपुरको महालक्ष्मी नगरपालिकामा विभिन्न पार्टीमा कार्यरत तथा स्थानीय समाजसेवी युवाहरूलाई पार्टी प्रवेश गराएका छन् । उनले ललितपुरको ग्वार्कोमा आयोजित पार्टी प्रवेश कार्यक्रममा भने, ‘काङ्ग्रेस र नेकपाले भन्ने गरेको समाजवाद बाउन्स चेक जस्तै हो । भुक्तानीका लागि दिएको चेकको पैसा लिन जाँदा बैंक खातामा पैसा नभए जस्तै उनीहरूले भनेको समाजवादमा समाजवादको ‘स’ पनि छैन ।’
नेता श्रेष्ठले मुहान नै धमिलो भए स्वच्छ पानी नआउने भन्दै पुराना राजनीतिक दलहरू भ्रष्टाचार र व्यभिचारको पर्याय बनेको बताए । उनले आफ्नो पार्टीले पहिचान र अधिकारसहितको सङ्घीयता, सुशासनयुक्त राज्य र समतामूलक समृद्धिको माध्यमबाट समाजवादमा पुग्ने लक्ष्य राखेको बताए । उनले समाजवादी पार्टीले पुराना पार्टीहरूले जस्तो एकल जातीय पार्टी नबनाउने बताउँदै आफ्नो पार्टीले जस्तो समाज उस्तै पार्टी, जस्तो समाज उस्तै राज्यको परिकल्पना गरेको बताए ।
पार्टीका सहअध्यक्ष समेत रहेका श्रेष्ठले समाजवादी पार्टीले सिद्धान्तमा मात्र नभई सङ्गठन र कार्यशैलीमा पनि नयाँपन ल्याउनुपर्ने बताए । पुँजीवादीहरूले नेताहरूलाई ग्रेटम्यान ठानेर देवत्वकरण गर्ने गरेको छ । त्यसको सिको गर्दै आफ्नो पार्टीमा पनि पुँजीवादी विकृति भित्रन सक्ने भएकाले सतर्क रहनुपर्ने बताए । उनले नेताहरू आउँछन् जान्छन् तर नीति निरन्तर अगाडी बढ्ने बताउँदै समाजवादीहरूले नेताहरूको ब्रान्डनेम होइन समुन्नत सङ्घीय समाजवादलाई ब्रान्ड बनाएर जानुपर्ने बताए ।
महालक्ष्मी नगर समतिका अध्यक्ष दीपा थापा मगरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पार्टीका राजनीतिक समिति सदस्य डा पुस्पराज राजकर्णीकार, केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज राजन केसी, केन्द्रीय सदस्य तथा ३ नम्बर प्रदेशका सहइन्चार्ज लालवहादुर तामाङ, केन्द्रीय विज्ञ परिषद सदस्य बिनोद नेपाली लगायतले समाजवादी पार्टी देशको वैकल्पीक राजनीतिक शक्ति बनेको बताए ।
नेपाल कम्युनिष्ट पार्टी लगायत विभिन्न पार्टी परित्याग गरी अब्बास पण्डीत लगायत ८१ जना व्यक्तिहरू पार्टी प्रवेश गरेको उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरू उत्तम लामा, मानवहादुर धामी, केन्द्रीय सदस्य तथा ३ नम्बर प्रदेशका मुख्य सचिव मोहन बराइली, नेवाः प्रदेश उपाध्यक्ष जनक थापा, रमेश महत लगायतले पनि नवप्रवेशीहरूलाई स्वागत गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

सर्वाधिक पढिएका

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ
राजनीति

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

भर्खरै

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us