२०७९ भदौ २, बिहिबार
August 18, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

समाजवादी पार्टी प्रदेश समिति बैठकको निर्णयहरु सार्वजनिक

दैलो न्युज दैलो न्युज
कार्तिक २१, २०७६ ११:५१ मा प्रकाशित
समाजवादी पार्टी प्रदेश समिति बैठकको निर्णयहरु सार्वजनिक
ShareTweetPin

दमक, २१ कार्तिक ।

समाजवादी पार्टी नेपाल प्रदेश नं. १ को पूर्ण बैठक बुधबार दमकमा सम्पन्न भएको छ । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच पार्टी एकता भएपछि पहिलो पूर्ण बैठक बसेको हो । बसेको बैठकले विभिन्न समसामयीक राजनीतिक विषयहरु निर्णय गर्दै सम्पन्न गरेको छ ।
आज बिहिबार दमकको पाथिभरा पार्टी प्लालेसको सभाहलमा सम्पन्न पत्रकार भेटघाट कार्यक्रममा प्रदेश समितिका अध्यक्ष प्रविण चाम्लिङको हस्ताक्षरीत विज्ञप्ती जारी गर्दै निर्णयहरु सार्वजनिक गरेको छ । प्रेस नेपाल प्रदेश नं. १ को आयोजनामा भएको पत्रकार भेटघाट कार्यक्रमा प्रेस नेपाल प्रदेश १ का अध्यक्ष फिपराज वेघाको अध्यक्षता भएको थियो भने कार्यक्रम मुख्य सचिव अजित धिमालले सञ्चालन गरेका थिए ।
समाजवादी पार्टी प्रदेश नं. १ ले जारी गरेको विज्ञप्ती जस्ताको तस्तै ः

मितिः २०७६÷०७÷२१
प्रेस विज्ञप्ति

नेपाली जनताको पटक पटकको बलिदानी र संघर्षबाट प्राप्त सङ्घीय गणतन्त्र नेपालमा उत्पीडित जनताको चाहाना अनुसारको परिवर्तनको प्रत्याभूत आमजनताले गर्न सकेको छैन्, त्यसलाई साँच्चै जनतालाई अधिकार सम्पन्न र मुलुकलाई समृद्धि र सुशासन दिलाउनको निम्ति आज नेपाली जनताको वैकल्पिक शक्तिको रूपमा समाजवादी पार्टीको स्थापना भएको हो । यसरी समाजवादी पार्टीले आफ्नो कार्यक्रमहरुलाई जनस्तरमा पुर्याउनका निम्ति विभिन्न गतिविधि गर्दै आएको छ । यसै सन्दर्भमा समाजवादी पार्टी प्रदेश नं. १ को मिति २०७६ कार्तिक २० गते झापाको दमकमा पूर्ण बैठक सम्पन्न भएको छ । सो बैठकले समसामयिक राजनीतिक विषयमा महत्वपुर्ण निर्णयहरु गरेको छ । 
छिमेकी मुलक भारतले भर्खरै सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सालाई लिएर नेपालको कालापानी क्षेत्र सम्बन्धमा प्रकाशित विभिन्न समाचारप्रति समाजवादी पार्टी प्रदेश नं. १ को गम्भीर ध्यानाकर्षण भएको छ । सो भूभाग नेपाल कै हो, दुइ देशबीच सुल्झाउन बाँकी रहेका सीमा सम्बन्धी विषयमा एक पक्षीय ढङ्गले भारतीय पक्षले गरेको मनोमानी र प्रस्तुत गरेको मिचाहा प्रवृत्ति खेद जनक र अमान्य छ । 
त्यस्तै कोशी उच्च बाँध नेपाल र नेपाली जनताको हितमा नभएकोले सो सम्बन्धी सम्झौता तत्काल खारेजीको माग गर्दछौं । 
साथै झापाको कमल गाउँपालिकास्थित आदिवासी रङ्गशालालाई मदन भण्डारी रंगशाला बनाउने सरकारको दुस्प्रयासप्रति समेत खेद प्रकट गर्दै आदिवासी रंगशाला नै कायम गरि काम अघि बढाउन समेत जोडदार माग गर्दछौं । 

बैठकले गरेका महत्वपूर्ण थप निर्णयहरुः
१. आगामी मंसिर १४ गते हुने उप निर्वाचनमा पार्टीले सशक्त रूपमा सहभागिता जनाउने भएकाले पार्टीका प्रदेश नं. १ का मुख्य सचिव प्रभुराम श्रेष्ठको संयोजकत्वमा ९९ सदस्यीय निर्वाचन परिचालन मूल समिति गठन गरियो । साथै कोषाध्यक्ष विनोद नेम्बाङको संयोजकत्वमा ११ सदस्यीय आर्थिक व्यवस्थापन उप–समिति र सदस्य कमन देवानको संयोजकत्वमा ७ सदस्यीय प्रचार प्रसार उप–समिति गठन गरियो ।
२. आगामी मंसिर १४ गते हुने उप–निर्वाचनमा सुनसरी धरान उपमहानगरपालिकाको मेयर पदको उम्मेद्वार गजेन्द्र इस्वो लिम्बू, पाँचथर जिल्ला फाल्गुनन्द गाउँपालिका प्रमुख पदको उम्मेद्वार बिमला आङदेम्बे नेम्बाङ, फिदिम नगरपालिका वार्ड नं. १ को अध्यक्षमा गौरव लामा र हिलिहाङ गाउँपालिका वार्ड नं. ७ को अध्यक्षमा भवानी योङयालाई सर्वसम्मत उम्मेद्वार चयन गरियो ।
३. समाजवादी पार्टी प्रदेश नं. १ मा समायोजन गर्न बाँकि रहेको जिल्ला, नगरपालिका, गाउपालिका र जनवर्गीय संगठनहरुको समायोजनको निम्ति उपाध्यक्ष दीपक याक्खाको संयोजकत्वमा १० सदस्यीय कार्यदल गठन गरियो ।
४. पहिचान सहितको संघीयता र संविधान संशोधन विषयक प्रदेशस्तरीय अन्तरक्रियात्मक कार्याशाला गर्ने निर्णय गरियो ।

प्रविण चाम्लीङ
अध्यक्ष

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

सर्वाधिक पढिएका

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ
राजनीति

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

भर्खरै

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us