२०७९ साउन ३०, सोमवार
August 15, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

मुटु सुन्निनु गम्भीर खतरा

दैलो न्युज दैलो न्युज
माघ १४, २०७३ ००:०० मा प्रकाशित
मुटु सुन्निनु गम्भीर खतरा
ShareTweetPin

मघ१४ – मुटु सुन्निएर ज्यान नै जान सक्छ । तर, मुटु पनि सुन्निएला र ज्यान जाला भन्ने कमैले सोचेको हुन सक्छ । चस्किनु र ढुकढुक हुनु मात्रै मुटुको समस्या हो भन्ने सोचाइ अधिकांशको हुन्छ । तर, मुटु सुन्निनु पनि गम्भीर समस्या हो । मुटु सुन्निँदा देखिने लक्षण र यसले निम्त्याउने खतराबारे डा. मिलनप्रकाश श्रेष्ठ भन्छन् :

कस्ता लक्षण देखिन्छन् ?
थोरै मात्रै हिँडे पनि निकै नै स्याँ–स्याँ भयो भने मुटु सुन्निएको लक्षण हुन सक्छ । फोक्सोमा समस्या भयो भन्ने अनुमान धेरैको हुन सक्छ, तर समस्या मुटु सुन्निएर भएको हुन सक्छ । सुन्निएर मुटुको आकार नै ठूलो भएको अवस्थामा यस्तो लक्षण देखिन्छ । मुटु धेरै नै सुन्निएपछि र केही दिनपछि हातगोडा पनि सुन्निने, पेट फुल्ने, पूरै शरीर नै फुल्नेजस्ता लक्षण देखिन्छन् । त्यसो त अधिकांशलाई धेरै वर्षसम्म पनि यसको लक्षण नै देखिँदैन ।

कस्तो खाले समस्या हो ?
मुटु सुन्निने समस्यालाई मेडिकल भाषामा कार्डियोमायोप्याथी भनिन्छ । मुटु सुन्निने कारण धेरै हुन सक्छ । यसमध्ये डाइलेटेड कार्डियोमायोप्याथी एउटा हो । यो मुटुको मांसपेशीमा लाग्ने रोग हो । यो समस्याको मुख्य कारण त अहिलेसम्म पनि विश्वका मुटुरोगविज्ञहरूका लागि खोजीकै विषय बनिरहेको छ ।

मुटु सुन्निएपछि के हुन्छ ?
सुन्निने समस्या छिप्पिँदै गएपछि मुटुको पम्प गर्ने क्षमतामै कमी आउँछ । जब मुटुले रगत पम्प गर्न सक्दैन, तब सफा भएर फोक्सोमा आउनुपर्ने रगत कम हुन्छ । शरीरको तल्लो भाग अर्थात् खुट्टातिरबाट मुटुमा आउनुपर्ने रगतको गति पनि कम हुन जान्छ । यसैगरी, मुटुको पम्प सुस्त भएपछि शरीरका विभिन्न अंगबाट मुटुमा फर्किनुपर्ने रगतको गतिमा पनि सुस्तता आउँछ । यस्तो समस्या भएपछि नै सास फेर्न असहज हुनेजस्ता लक्षण देखिने हो ।

कस्ता व्यक्ति निसानामा ?
मुटु सुन्निने अर्थात् कार्डियोमायोप्याथी समस्या खासगरी हार्टअट्याक भएका तथा लामो समयदेखि हाई ब्लडप्रेसरको सामना गरिरहेका व्यक्तिलाई देखिन्छ । त्यसो त लामो समयसम्म रक्सी सेवन गर्नेलाई पनि यसको खतरा हुन्छ । गर्भवती भएको अवस्थामा महिला यसको निसानामा पर्न सक्छन् । केहीमा भने मुटु सुन्निने समस्या वंशाणुगत पनि हुन सक्छ । निसानामा यस्ता व्यक्ति बढी परे पनि सामान्य व्यक्तिलाई भने समस्या हुँदै हुँदैन भन्नेचाहिँ होइन । यो रोगको सुगरसँग पनि कुनै प्रत्यक्ष सरोकार छैन । सुगर र प्रेसरका बिरामीलाई हृदयाघातको खतरा भने सधैँ उच्चचाहिँ रहन्छ । यस्ता बिरामीले डाक्टरले भनेअनुसार आफ्नो स्वास्थ्यजाँच नियमित गराउनुपर्छ । यस्तै, सामान्य व्यक्तिले पनि कोलेस्ट्रोल र मिर्गौलाको कार्यक्षमता बुझ्न रगत जँचाउनुपर्छ ।

कसरी जान्ने सुन्निएको ?
कतिपय व्यक्तिमा लक्षण नै नदेखिने र लक्षण देखिए पनि अन्य रोगसँग मिल्दोजुल्दो देखिने भएकाले मुटु सुन्निएकै हो÷होइन भनेर बुझ्न केही जाँच गर्नुपर्ने हुन्छ । पहिलो जाँच इसिजी नै हो, तर इसिजीमा मात्रै समस्या नदेखिन पनि सक्छ । इको, टिएमटीजस्ता जाँच पनि गर्नुपर्ने हुन्छ । मुटुको सुरक्षाका लागि कम्तीमा हरेक ६ महिनामा इसिजी, इको, टिएमटीजस्ता जाँच गर्नु राम्रो हुन्छ । रोग लागिसकेको भए पनि उपचार गरेर भविष्यमा निम्तिन सक्ने क्षतिबाट जोगिन सकिन्छ । मुटु सुन्निने समस्या निम्तिसकेको छ भने केही औषधि सेवन गर्नुपर्छ । एक हप्तामै औषधिले पूर्ण असर देखाउँछ ।-नयाँ पत्रिका दैनिक बाट

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

नेकपा समाजवादी (एस)का अध्यक्ष माधव नेपाल अस्पताल भर्ना

नेकपा समाजवादी (एस)का अध्यक्ष माधव नेपाल अस्पताल भर्ना

संक्रामक तथा सरुवा रोग अस्पताललाई हङकङ नेपाली महासंघको अक्सिजन कन्र्सनट्रेटर हस्तान्तरण

संक्रामक तथा सरुवा रोग अस्पताललाई हङकङ नेपाली महासंघको अक्सिजन कन्र्सनट्रेटर हस्तान्तरण

जुगल पहिरो पीडितलाई इजरायल घेदुङको सहयोग हस्तान्तरण

जुगल पहिरो पीडितलाई इजरायल घेदुङको सहयोग हस्तान्तरण

रूकुम हत्याकाण्ड तथा एमसिसिको विषयमा प्रधानमन्त्रीलाई लिम्बुवानको ज्ञापन–पत्र

कुयाङ लामा एक्लैले गरे ८२ जना पत्रकारको कोरोना बिमा

सर्वाधिक पढिएका

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ
राजनीति

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

भर्खरै

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us