हुम तमु
पोखरा, २४ कार्तिक ।
कास्की क्षेत्र नं.२,प्रतिनीधि सभा सदस्य उपनिर्वाचनमा समाजवादी पार्टीका तर्फबाट उम्मेदवार बन्नुभएका इञ्जिनियर धर्मराज गुरुङलाई विजयी गराउन पोखरा महानगरपालिका वडा नं. १६ मा ई.धर्मराज गुरुङ जिताऔं अभियान शुरु भएको छ।
पोखरा १६ तल्लोदिपस्थित जोगिमणी तमु समाजमा आयोजित उक्त क्षेत्रका भेलाले धर्मराज गुरुङ जिताऔं अभियान शुरु गरेको हो। उक्त अभियानका लागि जोगिमणी तमु समाजका अध्यक्ष क्याप्टेन डम्बरबहादुर गुरुङ संयोजक र क्या.चोकबहादुर गुरुङ सहसंयोजक रहेको २३ सदस्यीय समिति गठन भएको छ।
हात चिन्हमा अत्याधिक मतदान गर्न आग्रह गर्दै गठित समितिको सदस्यहरुमा लोकबहादुर गुरुङ, केशरी गुरुङ, सन्तोष गुरुङ, रेशम गुरुङ, प्रेमबहादुर गुरुङ, गमबहादुर गुरुङ, पशुपति भट्टराई, नवराज बाँस्तोला, सुवेदार जगत सुवेदी, क्या.दुर्गाबहादुर गुरुङ, क्या.भगतबहादुर गुरुङ, डम्बर बहादुर गुरुङ, रितु गुरुङ, कविता गुरुङ, होमकुमारी गुरुङ, मसन्ती गुरुङ, युमाया थापा, दुर्गादेव् िगुरुङ, मिनु गुरुङ, तिलु भण्डारी, देवी कुमारी गुरुङ रहनुभएको निर्वाचन परिचालन समिति कास्कीका संयोजक गिरीप्रसाद गुरुङले जानकारी दिनुभयो। उक्त कार्यक्रमका सहभागीहरुले यस भन्दा अघि आफुले दिएको भोट दुरुपयोग गरेको भन्दै इमान्दार नेतृत्व चयन गर्नका लागि कुनै पनि राजनीतिक पार्टी नभनी धर्मराज गुरुङ विजयी गराउन आफुहरु जुट्ने बताएका थिए।
कार्यक्रममा उम्मेदवार ई.धर्मराज गुरुङले आफ्नो परिचयसहित समाज ऐन कानुन निर्माण, भ्रष्टचार, कमिशन, कालोबजारी, ढिलासुस्तीको अन्त्य गर्दै समृद्ध नेपाल निर्माणका लागि आफु इमान्दारीपूर्वक लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।
समाजका अध्यक्ष क्या.डम्बरबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश इञ्चार्ज गणेशमान गुरुङ, केन्द्रीय सदस्य तथा युवा इञ्चार्ज देवीप्रसाद गुरुङ, नेताहरु हुमबहादुर गुरुङ, हेमबहादुर थापा, काशीमाया गुरुङ, किसन विश्वकर्मासहित स्थानीय केशरी गुरुङ, क्या.दुर्गाबहादुर गुरुङ, क्या.चोकबहादुर गुरुङ, क्या.इश्वर गुरुङ लगायतले मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रम सञ्चालक समाजवादी पार्टी प्रदेश उपाध्यक्ष दिपक तामाङले जानकारी दिनुभयो।
प्रतिक्रिया लेख्नुहोस्:-