माघ १४ –स्पेनिस क्लब बार्सिलोना ‘कोपा डेल रे’ को सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई ५–२ गोलको भारी अन्तरले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो ।
पहिलो हाफसम्म १ गोल गरेको बार्सिलोनाले दोस्रो हाफमा चार गोल गरेको थियो । पहिलो हाफको १७ औं मिनेटमा डेनिस स्वारेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । डेनिस स्वारेजले नै ८२ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे ।५५ औं मिनेटमा बार्सिलोनाले पाएको पेनाल्टीमार्फत मेस्सीले गोल गरे । त्यस्तै बार्सिलोनाका लागि लुइस स्वारेज र तुरानले पनि एक एक गोल गरेका थिए । रियल सोसिडाडका लागि युनमी र डा सिल्भाले एक एक गोल गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-