पोखरा:२६ कार्तिक २०७६:
नेकपा आबद्ध विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारी अमरसिंह मा बि कमिटिले भारतले नेपालि भुभाग कालापनी,लिपुलेख,लिम्पियाधुरा लाइ भारतीय नक्सामा राखेर जारि गरेकोमा बिरोध प्रदर्सन गरेको छ।
बिधालयबाट सुरु भएको र्याली अमरसिंह चोकमा पुगेर आमसभामा परिणत भएको थियो। कार्यक्रममा लिपुलेक, लिम्पियाधुरा कालापानी हाम्रो हो भारतीय बिस्तारबादी मुर्दाबाद भन्दै नारा लगाएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी अनेरास्ववियू नेता सुजन तमाङ्ग अनेरास्ववियू भारतिय बिस्तारवाद बिरुद्ध सधै लड्ने संगठन भएकोले नेपालको सिमा रक्षाको लागि बिद्यार्थी लड्न हरदम तयार रहेको बताउनु भयो।
यसै गरि अनेरास्ववियू क्रान्तिकारी अमरसिंह मा बि इन्चार्ज मनिष तितुङ तामाङले भारतले नक्सा सुधार गरि सार्वजनिक नगरे भारतलाई अनतराष्टिय जगतमा लगेर कारबाही गर्ने चेतावनी दिनुभयो ।
कार्यक्रममा नरेन्द्र मोदिको पुत्ला जलाएको भन्दै अनेरास्ववियू क्रान्तिकारी अमरसिंह मा बि का इन्चार्ज मनिष तितुङ तामाङ र पुर्ब अध्यक्ष दिपक पुरिलाइ गिरफ्तार गरि एक घण्टा हिरासतमा लिएर छाडेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्:-