इसरोकार, काठमाडौं । सुमार्गी वचत तथा ऋण सहकारी संस्था लिमिटेडको ९औं साधारण सभा सम्पन्न भएको छ । ने.कां. केन्द्रीय सदस्य मा. बहादुर सिंह तामाङको प्रमुख आतिथ्य र संचालक समितिका अध्यक्ष रीता थोकरको सभापतित्वमा सम्पन्न सो कार्यक्रमलाई दीपा ढकालले सञ्चालन गरेका थिए ।
“लक्ष्य तपाईको – सहयोग हाम्रो” भन्ने नाराका साथ स्थापना भएको सुमार्गी बचत तथा ऋण सहकागी संस्थाको ९वौं वार्षिक साधारण सभामा संस्थाका अध्यक्ष रीता थोकारले संस्थाको र्आिर्थक कारोवार र भावी लक्ष्यलाई जानकारी गराँउदै, राज्यको आर्थिक विकासका तीन सशक्त खण्ड मध्ये एक खम्बको रुपमा स्थापित सहकारी क्षेत्रको एक अंशको रुपमा यस संस्था रहेको र यसले सहकारी सिद्धान्त तथा मूल्य र मान्यताभित्र रही सदस्यहरुलाई आर्थिक कारोवारको आवश्यकता र आकांक्षा परिपूर्ति गर्ने तर्फ सहयोग, स्ववलम्बन, स्वउत्तरदात्वि, समानता, न्याय, पारदर्शिता, इमान्दारीता सामाजिक दायित्व बोध गराउनका लागि शेयर सदस्यहरुलाई सहकारी शिक्षा, सूचना र तालिमको माध्यमबाट वित्तिय परामर्श सेवा प्रदान गरि जागरण ल्याउन चेतनाको वृद्धिको लागि प्रतिवद्ध रहेको कुरा जानकारी गराउनुभयो ।
संस्थाको हालसम्म ५०५शेयर सदस्य, २ करोड ५० लाख शेयरपूँजी, २१ करोड १० लाख निक्षेप र २३ करोड ७७ लाख ऋण लगानी रहेको छ । संस्थाले विप्रेशन सेवा अन्तर्गत बिभिन्न मनि ट्रान्सफर रेमिट सेवाहरु सञ्चालन गर्दै आएको तथा सामाजिक क्रियाकलाप तथा सामाजिक उत्तरदायित्व अन्तर्गत पाँचौंपटकसम्म रक्तादान कार्यक्रम संचालन, अनाथ बालबालिकाहरुलाई भोजन दान तथा क्यान्सर पिडित बालिकालाई आर्थिक सहयोग गरेको कुरा पनि अध्यक्ष रीता थोकारले जानकारी गराउनुभयो ।
वार्षिक साधारण सभामा प्रमुख अतिथिको आसनबाट मा. बहादुर सिंह लामाले, “सहकारीले पूँजिको निर्माण र विकास गर्ने मात्र नभएर यसले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा समाजलाई सामाजिक चेतना, भातृत्वभाव बढाउने काम गर्नुका साथै, उद्योगधन्द सिर्जना गरेर युवा शक्ति विदेशिनुबाट जोगाएर मुलुकको आर्थिक विकासमा महत्वपूर्ण सहयोग पु¥याएको” कुरा उल्लेख गर्नुभयो ।

रात्रीभोजका साथ समापन गरिएको सो साधारण सभामा संस्थाका कोषाध्यक्ष तथा म्हेन्दोमाया गीतसंगीतका चर्चित गायिका रमला पाख्रीनले सहभागीहरुको मनोरन्जनका लागि नेपाली, सालैज्यू लोकभाका र म्हेन्दोमाया भाखाका गीतहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा संस्थाका संस्थापक प्रताप सिंह थोकारबाट उत्कृष्ट बचतकर्ताहरुलाई ट्रोफी तथा सम्मानपत्र वितरण गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-